पहिलो पल्ट महिलाहरु सहितको एडिलेड नेप्लिज क्रिकेट एशोशियसन कार्यकारी समिति गठन


एडिलेड नेप्लिज क्रिकेट एशोशियसनले २ जना महिला सहित १० जनाको कार्य समिति गठन गरेको छ। एन्काको इतिहासमा पहिलो पल्ट महिलाले कार्यकारी कमिटीमा स्थान पाएका हुन्।विजय जोशी अध्यक्ष रहेको समितिमा धिरज ज्ञवाली उपाध्यक्ष सन्तोष अधिकारी सचिव दिपेशराज पाण्डे कोषाध्यक्ष दिपक क्षत्री पब्लिक अफिसर र यसैगरी पारस जोशी, विनीता सिंह , सब्बु पौडेल, विकास सुवेदी र शंकर थापा कार्यकारी सदस्य रहेका छन्।

यसैगरी एन्काले यो बर्षको क्यालेन्डर पनि सार्वजनिक गरेको छ। एन्काले यो बर्ष एडिलेड सुबुरबनमा भाग लिनेछ जुन प्रतियोगिता साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसनले आयोजना गर्दैछ। यसपल्ट अपाङ मैत्री बन्दैछ एन्का डिसेबल क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ।

एन्काले सोसियल एक्टिभिटिजमा ब्लड डोनेशन गर्नेछ, फन्ड रेज गर्नेछ मेग्रा फ़ाउन्डेशनको लागी, कर्पोरेट टिमलाई लिएर सिक्स ए साइड ५ ओभरको खेलको आयोजना गर्नेछ विगत देखि नै लोकप्रिय रहदै आएको यो प्रतियोगिता एडिलेडमा निक्कै रुचि पुर्वक हेर्ने गर्छन् यहॉका दर्शक । सस्तो लोकप्रियता बाट टाढा रहेको एन्का केटाकेटी देखि महिला हुदै अपाङ मैत्री बनेको छ,एन्का ब्यस्थापकिय हिसाबले एक अब्बल क्लवको रुपमा स्थापित हुदै गएको छ। यस्को पछिल्लो उदाहरण इन्टरस्टेट प्रतियोगिताको आयोजना गर्नु रहेको छ। 







सम्बन्धित समाचारहरू

अष्ट्रेलियाको एडिलेडमा भव्य बन्यो माघे सक्रान्ती
काठमाडौंमा खुल्यो अष्ट्रेलियन एजुकेशन ईन्फर्मेसन सेन्टर, अष्ट्रेलिया आउनुअघि सम्पूर्ण जानकारी दिइने !
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको प्रवक्तामा गुरुङ, पब्लिक अफिसरमा पाठक
योग शिविरमा अष्ट्रेलियाका डढेलो पीडितका लागि जुट्यो १५ सय डलर !
अष्ट्रेलियाको सिड्नीमा गरियो नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको सम्झना
पर्यटनमन्त्री स्वदेश फिर्ता, नेपाल अष्ट्रेलिया सिधा उडानको विषयमा दूतावासमा बैठक
‘पाँच हजार वर्ष पुरानो सम्पदा हेर्न नेपाल आउनुस्’ : योगेश भट्टराई, मेलबर्नमा भव्य बन्यो नेपाल भ्रमण वर्षको कार्यक्रम
अनलाईनका अनर्गलप्रति अष्ट्रेलियास्थित नेपाली दूतावासको ध्यानाकर्षण !
error: Content is protected !!