कोपा अमेरिका कपमा बढी बोलेपछि मेस्सीलाई तीन महिनाको प्रतिबन्ध


अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा तीन महिना प्रतिबन्ध लगाइएको छ। ‘कोपा अमेरिका भ्रष्ट’ रहेको भन्ने विवादित अभिव्यक्ति दिएपछि दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई प्रतिबन्ध लगाएको हो। हालै सम्पन्न कोपा अमेरिका कपमा तेस्रो भए पनि मेस्सीले भ्रष्टाचारको हिस्सेदार नबन्ने भन्दै पदक लिन अस्वीकार गरेका थिए। उनले कोपा अमेरिकाको उपाधि ‘ब्राजिलकै लागि फिक्स’ गरिएको विवादास्पद टिप्पणी गरेका थिए। सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित भएको थियो। प्लेअफ खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हराउँदै तेस्रो भयो। उक्त खेलमा मेस्सी ३७ औं मिनेटमै रातो कार्ड पाएर मैदान छाड्न बाध्य भएका थिए। महासंघले मेस्सीलाई ५० हजार डलर जरिवाना पनि तोकेको छ। बार्सिलोनाका फरवार्डसमेत रहेका ३२ वर्षीय मेस्सीलाई प्रतिबन्धविरुद्ध अपिल गर्न सात दिनको समय दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रतिबन्धका कारण मेस्सीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउनेछन्।







सम्बन्धित समाचारहरू

ईमर्जिंङ कप क्रिकेट, बङ्गलादेशसँग ८ विकेटले पराजित, निरीह नेपाल बाहिरियो
ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय टिमको क्याप्टेन, ऐरी उपकप्तान
एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना, प्रशिक्षक पनि कारबाहीमा
पारस खड्काले आबुधावीमा टी १० लिग क्रिकेट खेल्ने तय, १० लाख पारिश्रमिक
अष्ट्रेलियासँग भिड्दै नेपालको राष्ट्रिय फुटबल टोली, क्यानबेरामा नेपालको झण्डा फरर
सिड्नीमा नेपाली राष्ट्रिय फुटबल खेलाडीको साथमा मिट एण्ड ग्रिट र सम्मान
अष्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन किरण चेम्जोग के भन्छन् ?
विश्वकप छनोट खेल्ने नेपाली ३२ सस्यीय फुटबल टोली सिड्नीमा, नेपाली युवाले गरे स्वागत
error: Content is protected !!