अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु


संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ ।

शनिबार राति एक बन्दूकधारीले टेक्सासको एल पासोस्थित वालमार्ट स्टोरमा चलाएको गोली लागी २० जना मारिएको १३ घण्टा नबित्दै ओहाओको डेटनमा एक रात्रिकालिन मदिरालयबाहिर आइतबार नेपाली समय अनुसार १०ः४५ बजे एक बन्दूकधारीले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको हो । दुबै घटनाको अमेरिकी प्रहरीले पुष्टि गरेको छ । 

आक्रमणकारीको प्रहरीले गरेको सुरक्षा प्रतिरक्षाका क्रममा मृत्यु भएको छ । पछिल्लो घटनामा २६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । डेटनका नगर प्रमुख नान ह्वेलीले जनाएअनुसार आक्रमणकारीले शरीरमा कवच (ढाल) लगाएको र उच्च क्षमताको अत्याधुनिक बन्दूक बोकेको तथा थप बन्दूकहरू पनि साथमा लिएको भेटिएको छ ।

डेटनमा गोली चलेको एक मिनेटभित्र नै आक्रमणकारीमाथि सुरक्षा कारबाही भएकोले थप क्षति हुन पाएन, नगरप्रमुखले बताउनुभयो । ह्वेलीले भन्नुभयो, “डेटनमा आक्रमणकारीले गोली चलाएको क्षणभरमा नै प्रहरीले देखाएको शीघ्र प्रतिक्रियाबाट मलाई अचम्म लाग्यो । यदि प्रहरीले समयमै सुरक्षा कारबाही नचलाएको भए आक्रमणकारीले सयौँको ज्यान लिने सम्भावना थियो ।” नगर प्रमुखका अनुसार आइतबार भएको सामुहिक आक्रमण अमेरिकी इतिहासमा २५० औँ हो ।

वास्तवमा तर बन्दूक हिंसा रेकर्डबारे कार्यरत एका गैरसरकारी संस्थाले उक्त आक्रमणलाई २५१ औँ सामुहिक आक्रमण हो । संस्थाले चार वा सोभन्दा बढी व्यक्तिको मृत्यु हुनेगरी भएको आक्रमणलाई सामुहिक आक्रमणका रूपमा उल्लेख गरेको छ । “घटनापछि दुवै घटनास्थलमा अमेरिकी गुप्तचर निकायसहित सुरक्षाकर्मी पुगेको छ भने प्रहरीले घटनालाई लिएर विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ,” प्रमुख लेफ्टिनन्ट कर्नेल माट कार्परले भन्नुभयो ।







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै
error: Content is protected !!