पोखराका व्यापारीहरु अष्ट्रेलियाको भ्रमणमा, पर्यटन प्रबद्र्धन पनि गर्ने !


पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल अष्ट्रेलियाको अध्ययन अवलोकन भ्रमणमा गएको छ। संघका अध्यक्ष दामु अधिकारीले वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको नेतृत्वको टोली यही साउन २२ गते काठमाडौंबाट भदौ १३ गतेसम्म अष्ट्रेलियाको भ्रमणमा रहनेछ।

गण्डकी सरकारको आन्तरिक भ्रमण वर्ष, नेपाल सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षको प्रचाररप्रसारका साथै अष्टे«लियाको निजी क्षेत्र एवं गैरआवासीय नेपालीसँग उद्योगरव्यवसायको क्षेत्रमा सहकार्यको सम्भावनाको खोजी भ्रमणको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष अधिकारीले जानकारी गराए।

अष्ट्रेलियाले गरेको आर्थिक उन्नतिको अवलोकन, नयाँ प्रविधिको जानकारी तथा गैरआवासीय नेपाली तथा अष्ट्रेलियाका व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गर्न भ्रमणको माध्यमबाट सहयोग पु(याउने उनले विश्वास व्यक्त गरे। भ्रमण दलका नेता तथा सङ्घका वरिष्ठ उपाध्यक्ष कोइरालाले नयाँ कुरा सिक्ने र पोखरामा लगानी भित्र्याउने एवम् पर्यटन प्रवद्र्धनमा भ्रमण केन्द्रित रहने बताए।

भ्रमण टोलीमा संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, महासचिव अर्जुन पोखरेल, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, सदस्यहरु दिनेशचन्द्र बास्तोला, सोवित पौडेल, नगेन्द्रप्रसाद सुवेदी, ऋषिराम शर्मा भण्डारी, हर्कबहादुर अधिकारी, चिन्तामणि बाँस्तोला र देवेन्द्र केसी छन्। टोलीले ब्रिस्बनका खाद्य सामग्री प्रशोधन प्रविधि तथा सेवा उद्योगको अवलोकन, मेलबर्नमा पेय पदार्थ उद्योगका साथै सिड्नीस्थित कृषि बजारको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ। रासस







सम्बन्धित समाचारहरू

अष्ट्रेलियाको एडिलेडमा भव्य बन्यो माघे सक्रान्ती
चौबन्दी गायिका राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति, अभद्र व्यवहारमा मुद्दा चल्ने !
सञ्चारकर्मी रवि लामिछाने निर्दोष भएको जिल्ला अदालत चितवनको ठहर, तीनैजनालाई सफाई
अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय, उपसभामुख तुम्बाहाम्फेको राजीनामा आउने
अमेरिकी दूतावासबाट एमसीसीमा कुनै सैन्य विषय नजोडिएको स्पष्ट, कान छाम्ने कि ?
क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !
प्रधानमन्त्रीको सम्पादकहरुलाई मुटु छाम्ने सुझाव दिएको भाषणमा के छ ?
काठमाडौंमा खुल्यो अष्ट्रेलियन एजुकेशन ईन्फर्मेसन सेन्टर, अष्ट्रेलिया आउनुअघि सम्पूर्ण जानकारी दिइने !
error: Content is protected !!