होबार्टमा तीज सेलिब्रेसन, सुनीता दुलालदेखि कुलेन्द्र विकसम्मले नचाउने


नेपाली नारीहरुको पर्व तीजको अवसरमा अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा तीज सेलिव्रेसन २०१९ हुने भएको छ । आगामी १८ अगष्टमा आयोजना हुने कार्यक्रममा लोक गायिका सुनीता दुलाल, गलबन्दीकी चर्चित मोडल अन्जली अधिकारी, गायिका पूर्णकला विसी, नर्तकी सुजाता थापाका साथै सालको पात टपरी हुने बोलका चर्चित गायक कुलेन्द्र विक पनि सहभागी हुनेछन् । विभिन्न सांस्कृतिक नृत्यहरुले तीजको महोत्सवलाई अझ उल्लासमय बनाउने कार्यक्रम स्थानीय नर्थ होबार्टमा रहेको अष्ट्रेलियन ईटालियन क्लबमा हुनेछ । कार्यक्रममा सहभागी हुनेहरुको लागि दरको व्यवस्था गरिएको छ भने फोटो सेसन समेत गरिने आयोजकले जनाएका छन् । तीजमा सजिएर आएका नेपाली नारीहरुको फेशन शो समेत गर्ने योजना आयोजकको छ । 







सम्बन्धित समाचारहरू

कुलेन्द्र, पूर्णकला, अञ्जली र जूनाका साथ ३१ अगष्टमा तीज मेला मेलबर्नमा
अष्ट्रेलियाको गौरा पर्वमा रवि ओड प्रमुख आकर्षण, मेलबर्न र सिड्नीमा यस्तो हुँदैछ गौरा पर्व
सर्वोत्कृष्ट गायिका अन्जु पन्तका साथ नारी निकुन्जको तीज सेलिव्रेसन २०१९ हुँदै
नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश, छलफल १५ गते
बेपत्ता नायिका शिल्पा सर्वोच्च अदालतमा !
होबार्टमा पनि प्रकाश सपुत र प्रिती आलेका साथ गलबन्दी साँझ हुने
आज ब्रिसबेनमा तीजको रमझम, सुनीता दुलालले प्रस्तुति दिँदै !
तीजमा गायिका प्रश्ना निरौलाको ‘हातमा चुरा’मा नाच्ने हैन त ?
error: Content is protected !!