प्रहरीले मिलन लामालाई गोली प्रहार गरी नियन्त्रणमा लियो, आपराधिक गतिविधिको आरोप


काठमाडौंको स्वयम्भूको पूर्वतर्फ बिजेश्वरी नजिकै गोली चलेको हो ।महानगरीय अपराध महाशाखाको टोलीले अपरेसनका क्रममा दुई राउण्ड गोली चलाएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले चलाएको पुष्टि गर्नुभयो । 

प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार लोप्चन भन्ने मिलन लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाको अनुशार लामालाई पक्राउन गर्न खोज्दा प्रतिकार गरी भाग्न खोजेपछि गोली हानिएको हो । मिलन लामाको घुँडामुनि गोली हानेर उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामालाई समात्ने क्रममा प्रहरीले दुई गोली घुँडामुनि हानेको छ। घाइते भएका लामलाई प्रहरीले तत्कालै अस्पताल लगेको छ । उनी काठमाडौंका विभिन्न क्षेत्रमा अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ।







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै
error: Content is protected !!