‘क्बड्डी, कबड्डी, कबड्डी’ रिलिजकै दिन मेलबर्नमा पनि प्रदर्शन हुने


सुपरहिट चलचित्र कबड्डीको सिक्वेल ‘क्बड्डी, कबड्डी, कबड्डी’ आगामी सेप्टेम्बर २० तारिखका दिन मेलबर्नमा प्रदर्शन गरिने भएको छ । नेपालको रिलिज र अष्ट्रेलियाको प्रदर्शन एकै दिन हुन लागेको हो । नेप्ले ईभेन्टसले प्रदर्शन गर्न लागेको चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन् । चलचित्रको प्रदर्शन नेप्ले ईभेन्टसले जनाए अनुसार सेप्टेम्बर २० र २३ का लागि शोहरु फाईनल भइसकेको छ । मेलबर्नका चाईनाटाउन सिनेमा सिटीमा चलचित्रको प्रदर्शन गर्ने तयारी छ ।
कबड्डीको दोस्रो सिक्वेल जहाँ पुगेर अन्त्य हुन्छ फिल्मको तेस्रो श्रृंखला ‘कबड्डी कबड्डी कबड्डी’ को त्यहिबाट सुरु हुने बताइएको छ । फिल्ममा दयाहाङ राई, उपसाना सिंह ठकुरीसँग रोमान्स गर्नेछन् । विवाह र अन्तरजातीय प्रेम सम्बन्धमा आधारित रहेको यस फिल्मका कथा निर्देशक स्वयं र उपेन्द्र सुब्बाको रहेको छ ।
बासुरी फिल्मस्को निर्माण रहेको यस फिल्ममा सिनेमा आर्टको प्रस्तुति रहेको छ । माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डि। कार्कीले खिचेका छन् ।
फिल्ममा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् ।







सम्बन्धित समाचारहरू

कुलेन्द्र, पूर्णकला, अञ्जली र जूनाका साथ ३१ अगष्टमा तीज मेला मेलबर्नमा
अष्ट्रेलियाको गौरा पर्वमा रवि ओड प्रमुख आकर्षण, मेलबर्न र सिड्नीमा यस्तो हुँदैछ गौरा पर्व
सर्वोत्कृष्ट गायिका अन्जु पन्तका साथ नारी निकुन्जको तीज सेलिव्रेसन २०१९ हुँदै
नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश, छलफल १५ गते
बेपत्ता नायिका शिल्पा सर्वोच्च अदालतमा !
होबार्टमा पनि प्रकाश सपुत र प्रिती आलेका साथ गलबन्दी साँझ हुने
आज ब्रिसबेनमा तीजको रमझम, सुनीता दुलालले प्रस्तुति दिँदै !
तीजमा गायिका प्रश्ना निरौलाको ‘हातमा चुरा’मा नाच्ने हैन त ?
error: Content is protected !!