एनआरएन अष्ट्रेलियाविरुद्ध सुप्रिम कोर्टमा मुद्दा दायर, १० दिनभित्र उपस्थित हुन पत्र


भर्खरै आठौं राष्ट्रिय सम्मेलन सम्पन्न गरेको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका विरुद्ध सुप्रिम कोर्टमा मुद्दा दायर भएको छ । विधानविपरित निर्वाचन सम्पन्न गरेको, विधान विपरित फर्जी सदस्यता बनाएको, निर्वाचनमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएको, निर्वाचन प्रभावित गर्नका लागि सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग गरेको लगायतका दावीका साथ निर्वाचनको नतिजा खारेज गर्नुपर्ने माग गर्दै भिक्टोरियाका गणेश गौतम, न्यूसाउथवेल्सकी सविना न्यौपानेसहित ३२ जना सदस्यको तर्फबाट वकिलले गत शुक्रबार अगष्ट ९ तारिखका दिन मुद्दा दर्ता गरेका हुन् । 

एमएनटीभीसँग कुरा गर्दै गौतमले शुक्रबार आफुहरुले मुद्दा दर्ता गरेपनि यसको निस्सा भने सोमबार मात्र प्राप्त भएको बताए । उनले भने, “हामीले सदस्यता खुलेदेखि, निर्वाचन सुरु हुनुभन्दा अगाडिबाट उठाएका विभिन्न बुँदाहरुमा एनआरएन अष्ट्रेलियाले बेवास्ता गर्ने मात्र होइन, नेपालमै जस्तो जे गरेपनि हुन्छ भन्ने खालको पेलेर जाने नीति लिएको देखेपछि बाध्य भएर हामी अदालतमा गएका हौं । अहिले अदालत गएको विषयलाई लिएर मानिसहरुले समूदाय भाँड्न खोज्यो भन्ने आरोप लगाएका छन् । वास्तवमा समूदाय भाँड्न खोज्ने ति व्यक्ति हुन् जो कानूनभन्दा माथि आफुलाई ठान्दछन् । समूदाय भाँड्ने ति व्यक्ति हुन् जो बाहिर एउटा कुरा गर्छन् तर भित्रभित्रै चुनावी नतिजा आफ्नो बनाउन जे पनि गर्न तयार हुन्छन् । यस्तै व्यक्तिहरुका कारण नेपाली समूदाय बदनाम नहोस् भनेर हामीले यस्तो कदम उठाएका हौं ।”

अदालतमा मुद्दा दर्ता भएपछि विपक्षी गैरआवासीय नेपाली संघ अष्ट्रेलियालाई जवाफसहित १० दिनभित्र आफैं वा आफ्नो वकिलमार्फत उपस्थित हुन अदालतले चिठ्ठी काटेको छ । भिक्टोरिया बाहिरको हकमा उपस्थित हुने समय २१ दिनसम्म लामो हुन सक्नेछ । अदालतमा दिइएको निवेदनमा अधिकतम १ सय ५० व्यक्तिको सदस्यता शुल्क एकै व्यक्तिले तिरेको दावी गरिएको छ र यसरी बनाइएको सदस्यको संख्या ४ सयभन्दा बढी भएको जिकिर छ । मे ३१ २०१९ भित्रमा सबै सदस्यहरुको विवरण निर्वाचन आयोगमा उपलब्ध गराउनुपर्नेमा तोकिएको मितिमा जम्मा ८ हजार सदस्य रहेको तर जुन ४ तारिखमा थप व्यक्तिहरुलाई सदस्यता दिँदै करिब ११ हजार बनाइएको पनि दावी छ । मुद्दामा एनआरएन अष्ट्रेलियाको विधानका सदस्यता सम्बन्धी यी बुँदाहरु उल्लंघन भएको दावी छ

5. Payment

The payment can be only made by the family members and very close friends. The eligible members may have to show or demonstrate the relationship and in case of close friends, NRNA Australia may request for Statutory Declaration to make it legally binding. If found that the person who made the payment and the person who is to become the registered or associate member is not very close friend or family members described below, then it may be criminal offence of using fraudulent documents, unauthorized documents and providing false information to the NRNA Australia and NRNAA will take appropriate action to person concerned. NRNA Australia has the right to request for more information to be satisfied that it meets the criteria in clause 2 and 5 of this By-Law.

The definition of family members is below: (i) a parent; or (ii) a child or step-child; or 3 (iii) a brother, sister, adoptive brother, adoptive sister, step-brother or step-sister; or (iv) an aunt, uncle, adoptive aunt, adoptive uncle, step-aunt or step-uncle; (v) a nephew, niece, adoptive nephew, adoptive niece, step-nephew or step-niece; or (vi) a grandparent; (vii) a first cousin or second cousin; or (viii) close friends and it’s spouse. The maximum number of close friend’s membership payment done cannot exceed 5 family registered members.

6. Bulk Payment

Any individual or organizations cannot pay for members for any prospective registered members other than what is listed on clause 4 of this By-Laws. Members must use genuine bank issued credit cards or cards to pay for the membership fees. No other types cards like gift cards or any other similar cards may be used. In order to make it simple, the following payments are strictly prohibited:

– Use of any gift cards or any other cards that is not issued by banks under the person making payments.

– Use of Paypal accounts to make members more than what is allowed under clause 5 of this By-Laws.

– Use of credit cards issued by bank to make members more than what is allowed under clause 5 of this By-Laws.

– Registering or signing up members for the principal purpose of influencing the outcome of election of candidates for NRNA Australia’s any position, or to inordinately influence policy of the NRNA Australia. The person or organization who are found to be acting on above grounds, if found by Executive Committee then their membership will be canceled and on further investigation, if found allegations of fraud and providing false information to NRNA Australia then this criminal activity will be reported to appropriate government agencies.







सम्बन्धित समाचारहरू

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गरिने, २ सय कर्मचारी प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी
प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने
ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने
नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’
एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै
error: Content is protected !!