विश्वकप छनोट फुटबल : नेपाल र अष्ट्रेलिया भिड्दै, क्यानबेरामा दिन सकिने सन्देश !


नेपाल र अष्ट्रेलियाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष कटिसकेको छ । यो लामो अवधिमा कैयौं पटक अष्ट्रेलिया र नेपालका खेलाडी आमने सामने भएका होलान् । तर, यस पटक विश्वकप छनोटका लागि आगामी अक्टोबर १० तारिखमा नेपालको राष्ट्रिय फुटबल टोली र अष्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीबीचको खेल ऐतिहासिक रहेको छ । साँझ ७ः३० बजेदेखि हुने यो खेल ऐतिहासिक यस अर्थमा पनि कि, नेपालको विश्वकप सपनाका लागि नतिजा आफ्नो पक्षमा पार्नु आवश्यक छ । त्यति मात्र होइन, एक लाखभन्दा बढी नेपालीहरुले यहाँ आर्जन गरेको साख, नेपाली फुटबल खेलाडीहरुले विभिन्न क्लब र लिगहरुमा देखाएको खुवी र प्राप्त गरेको प्रशंसा एकै पटक क्यानबेराको जीओ स्टेडियममा देखिनेछ । यस अवसरलाई अझ भव्य बनाउनका लागि एनआरएन अष्ट्रेलियाले नेपालको छुट्टै ‘नेपाल बे’ नै बनाउने कि भनेर पनि तयारी गरिरहेको छ । अर्कोतिर हालै नेपाली दूतावासबाट कार्यवाहक राजदूत द्रुपदा सापकोटाले जीओ स्टेडियमको भ्रमण गरिन् । त्यहाँ स्थानीय अष्ट्रेलियन मिडियाहरुलाई पनि बोलाइएको थियो । उनलाई स्टेडियममा अष्ट्रेलियन क्यापिटल टेरेटरीका डेप्युटी चिफ मिनिष्टर योभ्ते बेरी, अष्ट्रेलियन राष्ट्रिय फुटबलका नेशनल परफर्मेन्स प्रमुख लुक कासेर्ली, राष्ट्रिय टोलीका पूर्वकप्तान म्याट म्याके लगायतले साथ दिएका थिए । अष्ट्रेलियन राष्ट्रिय टोलीले यहाँको खेलपछि नेपालमा पनि भ्रमण गर्नेछ र काठमाडौंमा खेल हुनेछ । “स्टेडियममै पुगेर आउँदो नेपाल भ्रमण वर्षको प्रचार गर्दै आफ्नो टोलीलाई सघाउनुको मज्जा पक्कै पनि ऐतिहासिक हुनेछ ।” कार्यवाहक राजदूत सापकोटाले एमएनटीभीसँग बताइन् । क्यानबेरामै रहने नेपालीहरुको लागि त अपूर्व अवसर नै भइहाल्यो । मेलबर्नबाट पनि आफ्नै गाडीमा ड्राईभ गरेर केही घण्टामा पुग्न सकिने अनि सिड्नीबाट त अझ नजिक रहेको स्टेडियममा हुने यो ऐतिहासिक फुटबल खेलमा दर्शकको रुपमा सहभागी हुने गौरवमय अवसर धेरैले प्राप्त गर्ने अनुमान छ ।
यो लिंकमा गएर आफ्नो टिकट सुरक्षित गर्न सकिनेछ –

https://www.socceroos.com.au/?fbclid=IwAR2shYzznMZfSxUl5v03awdvONjxt7Wd7_MKgoqHAvQErvsyh1lcfhvjwYA







सम्बन्धित समाचारहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र हमिदबीच भेट, स्वतन्त्रता संग्राममा नेपाली सहयोगको प्रशंसा
अष्ट्रेलियाका गभर्नर जनरलले व्यक्त गरे नेपालको पुननिर्माण र विकासप्रति चासो
डढेलो पीडित अष्ट्रेलियनलाई नेपाली समूदायको सहयोग, एनआरएन अष्ट्रेलियाले संकलन गर्दै
अष्ट्रेलियाको न्यूसाउथवेल्समा डढेलोको प्रकोप जारी, ६ सय विद्यालयहरु बन्द
गँजेडी ‘बाबा’ प्रहरी नियन्त्रणमा, ठगी गरेको आरोप !
क्यानबेरा आइपुगे नयाँ राजदूत दाहाल, बुधबार ओहोदाको प्रमाणपत्र पेश गर्ने
अंग्रेजलाई गुरिल्ला युद्धमा हराउने वंशु गुरुङका सन्तानले सम्झे पितापुर्खा
रुपज्योतिलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश
error: Content is protected !!