गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु


जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ ।

सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेका थिए ।

मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन् ।     

अस्पताल गएका मध्ये ४०० जनालाई भर्ना नै गर्नु परेको उनीहरुको भनाइ छ । प्रभावित भएका मध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन् ।

अधिकारीहरुका अनुसार टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका ९७७ जना बिरामी भएका थिए ।

अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधबार जानकारी दिएको छ ।  (रासस/सिन्ह्वा)

उनीहरुका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४०.३ सेल्सीयस पुगेको छ ।







सम्बन्धित समाचारहरू

गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान
जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ
ग्रीनल्याण्डमाको हिउँस पग्लिदा समुद्रीको सतह बढ्ने खतरा, यस्तो छ मानव जीवनमा असर
हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए
गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु
संयुक्त राज्य अमेरिका र तालिबानबीचको वार्ता, सकारात्मक प्रगति भएको अनुमान
अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु
error: Content is protected !!