बेपत्ता नायिका शिल्पा सर्वोच्च अदालतमा !


नेपाली चलचित्रकी दायिका शिल्पा पोखरेल सर्वोच्च अदालतमा हाजिर भएकी छन्। प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि फरार रहेकी उनी सर्वोच्चको सहयोग माग्दै पुगेकी हुन् । उनका विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेपछि त्यसका विरुद्ध उनले पुनरावेदन अदालत पाटनमा समेत आफ्नो उजुरी दिएकी थिइन् । तर उनको उजुरीलाई खारेज गर्दै जिल्ला अदालतको निर्णय नै मान्य बनाइदिएपछि शिल्पा सर्वोच्चको शरणमा पुगेकी हुन् ।
शिल्पाको उक्त निवेदनमा साउन २४ गते सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पुर्जीको आदेश रोक्न अस्वीकार गरेको थियो। उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्। उक्त निवेदन आइतबार सुनुवाइको पेशीमा रहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शिल्पाको पेशी रहेको छ।

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन्। त्यहाँबाट आफू अनुकुल आदेश नभएपछि शिल्पाले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन्। उक्त निवेदन आइतबार सुनुवाइको पेशीमा रहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शिल्पाको पेशी रहेको छ।

छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवै विरुद्ध जाहेरी दिएकी थिइन्। उक्त जाहेरीपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा बहुविवाहको मुद्दा दायर भएको थियो। सर्वोच्चमा पुगेपछि अब कि त उनले सर्वोच्चबाट पक्राउ पूर्जी खारेजीको निर्णय पाउनेछिन् या उनी अनुसन्धानका लागि जेल पर्नेछिन् ।







सम्बन्धित समाचारहरू

दिपक थापा र शान्तिश्रीको देश फर्काउने गीत जान्छु नेपाल जान्छु चर्चामा !
नेपालसँगै मेलबर्नमा यो वर्षको भेलेन्टाईन डेमा लभ डायरिज प्रदर्शन हुँदै !
परम्परामा अर्को पाईला, थारुहरुले दोश्रो पटक मनाए सिड्नीमा माघी
ईपिंग वालर्ट नेप्लीज कम्युनिटीले ‘अष्ट्रेलिया डे’ उत्सवको रुपमा मनाउने !
क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !
जनवरी २५ मा सिड्नीका तामाङहरुले सोनाम ल्होछार मनाउँदै
मेलबर्नमा योगा कक्षा हुँदै, डढेलो पीडितलाई सहयोग पनि जुटाइने
सिडनीमा थारू समुदायको दोस्रो माघी मेला हुदै !
error: Content is protected !!