सर्वोत्कृष्ट गायिका अन्जु पन्तका साथ नारी निकुन्जको तीज सेलिव्रेसन २०१९ हुँदै


गैरआवासीय नेपाली संघ अष्ट्रेलिया वुमन फोरम नारी निकुञ्जको आयोजनामा यस पटक पनि परोपकारी तीज आयोजना हुने भएको छ । आगामी अगष्ट ३१ तारिख साँझ ६ बजेदेखि हुन लागेको तीज सेलिव्रेसन २०१९ मा मुख्य आकर्षण यतिबेलाकी सर्वोत्कृष्ट नेपाली गायिका अन्जु पन्त रहेकी छिन् । अन्जु पन्तले आफ्ना हिट नम्बरका साथ तीजका गीतहरु प्रस्तुत गरेर उपस्थित दिदीबहिनीलाई अष्ट्रेलियामा पनि नेपालकै तजिको झल्को दिनेछिन् । आयोजक नारी निकुञ्जकी संयोजक सन्ध्या शाहका अनुसार तीज कार्यक्रमबाट संकलित रकमबाट नारी निकुञ्जले गर्ने विभिन्न परोपकारी कार्यहरु गरिनेछ । नारी निकुञ्जले नेपालमा पाठेघर खस्ने समस्याबाट पीडित महिलाहरुको उपचार गर्दै आएको छ भने विभिन्न विद्यालयहरुलाई समेत सहयोग गर्दै आएको छ । कार्यक्रममा लाईभ कन्सर्टका साथै सांस्कृतिक प्रस्तुतिसमेत रहनेछन् । शुक्रबार आयोजना गरिने यो कार्यक्रम रकडेलमा रहेको रेड क्याप्सीकम रेष्टुरेन्ट एण्ड फंक्सन्समा हुनेछ ।
गायिका अन्जु पन्त यतिबेला पाश्र्व गायनमा सबैभन्दा बढी रुचाइएकी गायिका हुन् । एक दशकभन्दा बढीदेखि निरन्तर प्रसिद्धिको शिखरमा रहेकी गायिका पन्तकै आफ्नै जीवन पनि हरेक नारीहरुको लागि प्रेरणादायी रहँदै आएको छ 







सम्बन्धित समाचारहरू

दिपक थापा र शान्तिश्रीको देश फर्काउने गीत जान्छु नेपाल जान्छु चर्चामा !
नेपालसँगै मेलबर्नमा यो वर्षको भेलेन्टाईन डेमा लभ डायरिज प्रदर्शन हुँदै !
परम्परामा अर्को पाईला, थारुहरुले दोश्रो पटक मनाए सिड्नीमा माघी
ईपिंग वालर्ट नेप्लीज कम्युनिटीले ‘अष्ट्रेलिया डे’ उत्सवको रुपमा मनाउने !
क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !
जनवरी २५ मा सिड्नीका तामाङहरुले सोनाम ल्होछार मनाउँदै
मेलबर्नमा योगा कक्षा हुँदै, डढेलो पीडितलाई सहयोग पनि जुटाइने
सिडनीमा थारू समुदायको दोस्रो माघी मेला हुदै !
error: Content is protected !!