अष्ट्रेलियाको गौरा पर्वमा रवि ओड प्रमुख आकर्षण, मेलबर्न र सिड्नीमा यस्तो हुँदैछ गौरा पर्व


नेपालको सुदूरपश्चिममा घर भई अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले मौलिक पर्व गौरालाई धुमधामका साथ मनाउने भएका छन् । धार्मिक र सांस्कृतिक महत्वसँगै यसलाई मनोरञ्जन र खुशी बाँड्ने पर्वका रुपमा मनाउने उद्देश्यले यस पटक उनीहरुले नेपाल आईडल रवि ओडलाई अष्ट्रेलिया निमन्त्रण गरेका छन् । रवि ओडले अष्ट्रेलियाको मेलबर्न र सिड्नीमा आफ्नो गीतको माध्यमबाट मनोरञ्जन दिनेछन् । मेलबर्नमा २४ अगष्टका दिन स्थानीय ईस्टोनियन हाउसमा कार्यक्रम गर्ने तयारी गरेको छ । आयोजक सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाका अनुसार उक्त कार्यक्रममा भिक्टोरियाको सामूदायिक कार्यमा सक्रिय रहेका सुदूरपश्चिमेलीहरुलाई सम्मान समेत गर्ने तयारी छ ।

सिड्नीको तयारी छुट्टै

नेपाल आईडल रवि ओडले मेलबर्नपछि १ सेप्टेम्बरमा सिड्नीमा आयोजना हुने गौरा पर्व २०१९ मा सहभागिता जनाउने छन् । स्थानीय ईन्द्रेणी फंक्सन सेन्टरमा आयोजना गरिने गौरा पर्व सुदूरपश्चिम समाज अष्ट्रेलियाले गरेको हो ।

Watch previous year’s celebration –

Gaura Parva in Melbourne Australia

अष्ट्रेलियाको मेलबर्नमा रहेका सुदूरपश्चिमेलीहरुले गौरा पर्व मनाएका छन् । भेला भएर एक आपसमा खुशी साटासाट गर्दै देउडा खेलेर उनीहरुले गौरा मनाए । मेलबर्नमा नेपालको सुदूरपश्चिमेलीहरुको उल्लास प्रस्तुत गर्दछौं यहाँ

Posted by My Nepal TV (MNTV)- Australia on Monday, September 3, 2018







सम्बन्धित समाचारहरू

जब ईरफान ह्वीलचियरमा भारत फर्किए, विमानस्थलमा क्यामेरापर्सनहरुको आलोचना !
देशको माया प्रस्फुटन गर्दै उज्वल, ल्याए ‘मेरो देश’
कुलेन्द्र, पूर्णकला, अञ्जली र जूनाका साथ ३१ अगष्टमा तीज मेला मेलबर्नमा
अष्ट्रेलियाको गौरा पर्वमा रवि ओड प्रमुख आकर्षण, मेलबर्न र सिड्नीमा यस्तो हुँदैछ गौरा पर्व
सर्वोत्कृष्ट गायिका अन्जु पन्तका साथ नारी निकुन्जको तीज सेलिव्रेसन २०१९ हुँदै
नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश, छलफल १५ गते
बेपत्ता नायिका शिल्पा सर्वोच्च अदालतमा !
होबार्टमा पनि प्रकाश सपुत र प्रिती आलेका साथ गलबन्दी साँझ हुने
error: Content is protected !!