कुलेन्द्र, पूर्णकला, अञ्जली र जूनाका साथ ३१ अगष्टमा तीज मेला मेलबर्नमा


तीज आउने दिन नजिकिँदै जाँदा अष्ट्रेलियामा रहेका नेपाली नारीहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्ने क्रम तिव्र बनेको छ । यसैबीचमा, ग्रेस ईन्टरनेशनलको प्रस्तुतिमा आगामी अगष्ट ३१ तरिख मेलबर्नको ईस्टोनियन हाउसमा तीज मेला हुने भएको छ । अष्ट्रेलिया टूरमा रहेको कुलेन्द्र विक, पूर्णकला विसी, जुना श्रीष र हिट गीत गलबन्दीकी चर्चित मोडल अन्जली अधिकारीले मेलबर्नमा पनि आफ्नो विशेष प्रस्तुति दिन लागेका हुन् । ‘सालको पात टपरी हुने…’ बोलको गीतबाट चर्चाको नयाँ उचाईमा पुगेका गायक कुलेन्द्र विकले स्टेज तताउने छन् । अन्जली अधिकारीको नृत्यले दर्शकहरुलाई तीजको उमंग छर्ने आयोजक ईनाक्षी ईन्टरटेन्मेन्टले जनाएको छ । यति मात्र होइन मेलबर्नमा पछिल्लो समय चर्चित बनेको डान्स ग्रुप नेपअसले पनि आफ्नो धमाकेदार प्रस्तुति तीज मेलामा दिने तयारी गरेको छ ।







सम्बन्धित समाचारहरू

दिपक थापा र शान्तिश्रीको देश फर्काउने गीत जान्छु नेपाल जान्छु चर्चामा !
नेपालसँगै मेलबर्नमा यो वर्षको भेलेन्टाईन डेमा लभ डायरिज प्रदर्शन हुँदै !
परम्परामा अर्को पाईला, थारुहरुले दोश्रो पटक मनाए सिड्नीमा माघी
ईपिंग वालर्ट नेप्लीज कम्युनिटीले ‘अष्ट्रेलिया डे’ उत्सवको रुपमा मनाउने !
क्यामेरामा आएर रोइन आस्था राउत, कमेन्टमा उल्टै दर्शकको गाली !
जनवरी २५ मा सिड्नीका तामाङहरुले सोनाम ल्होछार मनाउँदै
मेलबर्नमा योगा कक्षा हुँदै, डढेलो पीडितलाई सहयोग पनि जुटाइने
सिडनीमा थारू समुदायको दोस्रो माघी मेला हुदै !
error: Content is protected !!