एनआरएन तास्मानियाको पहिलो काम, मानसिक स्वास्थ्य र सडक सुरक्षाबारे तालिम दिइँदै


गैरआवासीय नेपाली संघ अष्ट्रेलिया तास्मानिया स्टेट कोअर्डिनेशनल काउन्सिलले आफ्नो कार्यकालको पहिलो कार्यका रुपमा मानसिक स्वास्थ्य र सडक तथा जल सुरक्षाका विषयमा तालिम सञ्चालन गर्ने भएको छ । आगामी अगष्ट २४ र २५ तारिख दुई दिन सञ्चालन हुने यो तालिम अष्ट्रेलियाको सरकारी मान्यता प्राप्त कोर्ष हो । 

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं तास्मानियाका संयोजक सन्देश परियारले दिएको जानकारी अनुसार अगष्ट २४ र २५ तारिख दुई दिन नै विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मानसिक स्वास्थ्यका विषयमा तालिम प्रदान गरिनेछ । यसमा मानसिक स्वास्थ्य समस्या, तनावको पहिचान, यसको निदान र सम्बन्धित सरकारी निकायहरुको विषयमा जानकारी प्रदान गरिनेछ । यस्तै अगष्ट २४ सडक सुरक्षा र जल सुरक्षाका विषयमा तालिम प्रदान गरिनेछ । यो तालिम दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।

“अष्ट्रेलियामा आएर यहाँको सडक, समुद्र र स्वास्थ्य सेवाका विषयमा कम जानकारी भएका व्यक्तिहरुको लागि अत्यन्तै उपयोगी हुने हाम्रो विश्वास छ । नयाँ विद्यार्थी मात्र होइन, अभिभावकहरु र अन्य सबैलाई यो फाईदाजनक छ । हामीले निःशुल्क सहभागी हुने व्यवस्था मात्र मिलाएका छैनौं । तालिमपछि प्रमाणपत्र समेत दिनेछौं ।” परियारले भने । एनआरएन तास्मानियाले अष्ट्रेलिया नेपाल पब्लिक लिंकसँगको सहकार्यमा आफ्नो कार्यकालको पहिलो कार्यक्रम सञ्चालन गर्न लागेको हो । अष्ट्रेलिया नेपाल पब्लिक लिंकले यसअघि भिक्टोरियाका विभिन्न संघ संस्थाको सहकार्यमा यस्तै खाले तालिम चलाइसकेको छ ।







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
नेपालमा लगानीको अवसर, दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै
लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
error: Content is protected !!