सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने, ‘तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न’


 

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको एजेन्डामा एक भएका दलहरु फेरी एकपटक एकजुट हुनुपर्नेमा जोड दिएका छन् । देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्त्व र शक्तिहरू सक्रिय भएको भन्दै त्यसमा सबैलाई सतर्क रहन आग्रह गरे । प्रधानमन्त्रीले देशको पछिल्लो अवस्थामा लोकतान्त्रिक शक्तिहरु समझदारी साथ सहकार्य गर्न आवश्यक भएको धारणा समेत राखेका थिए । ओली चुनावपछि सर्वदलीय बैठक बोलाइएको बताउँदै धेरै पहिले यो बैठक बोलाउनुपर्नेमा अहिले ढिलो भएको बताए । उनले भने ‘यो बीचमा धेरै आरोप प्रत्यारोप भयो म माथि पनि थुप्रै आरोप लाग्यो ।  हामी एक अर्कोको आलोचना गरेर बस्यौ अब त्यस्तो होइन मिलेर काम गर्नुपर्छ । देश बनाउन सबै मिलेर लागौ । जे जस्ता तितामिठा थियो सबै बिर्सौ ।’  

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीको कार्यशैलीप्रति चर्को रुपमा आलोचना गरे ।  देउवाले ओलीलाई भने, तपाईंले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न । तपाईंको गराई र भनाईमा धेरै फरक छ । जनतालाई सुरक्षा दिन्छु भन्नु भयो तर सुरक्षा छैन । विप्लव माओवादीले हाम्रो पार्टी का नेतालाइ गाउँगाउँ बाट लखेट्न थालेका छन् । गोली हान्ने थालेका छन् खोइ सुरक्षा रु भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्नुभएको थियो तर त्यस्तो देखिएन । जताततै भ्रष्टाचार भइरहेको छ । सरकारले नियन्त्रण गर्न सकेको छैन । विधेयकहरू जथाभावी बनाइरहनु भएको छ कसैसँग सल्लाह गर्नुहुन्न । दुई तिहाइको सरकार भन्नुहुन्छ तर त्यस्तो कहि देखिएको छैन । तपाईंको बोली र व्यवहारमा सुधार ल्याउनु परेको देखिन्छ ।’

बैठकमा राजपा नेपालका नेता महन्थ ठाकुरले पनि प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । उनले भने “मान्छे मारेर आइ चुनाव जितेका नेता सरकारमा छन् तर एकजना आन्दोलनकारी जो चुनाव जितेका छन्, उ जेलमा छन् एउटै देशमा दुईटा कानुन कसरी हुन्छ ? सविधान संशोधन गर्ने पटकपटक भन्नु भएको थियो तर खोइ अहिलेसम्म भएको छैन । मुद्दा फिर्ता लिने सहमति भएको थियो तर अहिलेसम्म भएको छैन । तपाईंले आफैंले भन्नुभएको कुरामा तपाईं आफै प्रतिबद्ध हुनुहुन्न । अनि तपाईको बोली र व्यवहारमा कसरी विश्वास गर्ने । बिश्वास गर्ने आधार नै छैन आज एउटा भन्नुहुन्छ भोली अर्कै हुन्छ ।’

त्यस्तै बैठकमा राजपा अध्यक्षमण्डलको अध्यक्ष राजकिशोर यादवले भने, ‘प्रधानमन्त्रीज्यु तपाईंको लागि अहिले ठुलो मौका हो तपाइँले आँट देखाउनुपर्यो । तपाईंले अहिले केहि गर्न सक्नुभएन भने कहिले केहि गर्न सक्नुहुन्न । तपाईंको एतिहासिक समय हो तपाइँले क्रम भङगता गर्नुपर्छ । सबैलाइ मिलाएर लग्ने दिन हो तपाइको । अहिले यहाँ पनि चारजना पूर्व प्रधानमन्त्री हुनुहुन्छ पहिलाको जस्तो प्रधानमन्त्री तपाईं होइन, तपाइ विशेष परिस्थितिको प्रधानमन्त्री हुनुहुन्छ यसमाा ध्यान दिनुस र जनताको मन जित्ने प्रयास गर्नुस् । जनतासँग गरेको प्रतिबद्धता पुरा गर्नुस् ।’

 







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
नेपालमा लगानीको अवसर, दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै
लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
error: Content is protected !!