नेपाल आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर


नेपालको औपचारिक भ्रमणमा भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री जयशंकरलाई नेपालका परराष्ट्र सचिव शंकर वैरागी, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले स्वागत गरेका छन् । भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री केपी शर्मा औली लगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी बुधबार दिउँसो सवा १२ बजे काठमाडौं आइपुगेका हुन् । बैठक बुधबार र बिहीबार काठमाडौंमा बस्नेछ । भारतमा विदेशमन्त्री नियुक्त भएपछि पहिलो पटक उनी नेपाल आएका हुन् । यसअघि विदेश सचिव रहेका बखत नेपालमा संविधान जारी गर्नेबेला आएका उनी विवादास्पद अभिव्यक्तिका कारण चर्चामा थिए ।







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
नेपालमा लगानीको अवसर, दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै
लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
error: Content is protected !!