थ्राईभिङ सोच : युवालक्षित एउटा छुट्टै जमघट सिड्नीमा सेप्टेम्बर १३ तारिखमा हुँदै


अष्ट्रेलियाको सिड्नीमा आगामी सेप्टेम्बर १३ तारिख नेपाली युवा लक्षित एक फरक सम्मेलन हुने भएको छ । ६ युवाहरुले मिलेर बनाएको समूहले वाइज्ले थियटरमा गर्न लागेको यो कार्यक्रम मुख्यत उत्प्रेरणामूलक हुनेछ । अविनास खरेल, निरज शर्मा, रुबन बज्राचार्य, सुव्रत पन्थी, समिर भट्ट, सुमित देवकोटाले यो फरक सोचको सुरुवात गरेका हुन् । अष्ट्रेलियाको नेपाली समूदायकाबिचमा विभिन्न खाले कार्यक्रमहरु भएपनि तिनले युवाहरु जो वास्तवमै केही गर्न चाहन्छन् उनीहरुको आवश्यकता सम्बोधन नभएको भन्दै यस्तो कार्यक्रम ल्याएका हौं । अभियन्तामध्येका एक निरज शर्माले एमएनटीभीलाई बताए । उनले भने, हामीले ६ सयदेखि ८ सयसम्म सहभागिताको अपेक्षा गरेका छौं ।

यस सम्मेलनमा सफल व्यक्तित्वहरुले आफ्नो यात्रा र संस्थाको बारेमा जानकारी दिनेछन् । यस्तै उद्यमका क्रममा आइपर्ने समस्याहरु र तिनको समाधानको उपाय, नेपाल फर्किएर केही गर्न चाहनेहरुको लागि त्यहाँको लगानीको अवस्था, काम गर्ने वातावरण लगायतको जानकारी, सफल व्यक्तित्वहरुसँग अन्तरक्रियाको अवसर समेत प्रदान गरिनेछ ।







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
भिक्टोरियामा नेपाली बहुसांस्कृतिक केन्द्र बनाउने अभियानको अर्को चरण आजदेखि सुरु
अष्ट्रेलियाको एडिलेडमा साथ ईन्द्रजात्रा मनाइँदै, तेश्रो संस्करण अझ भव्य हुने !
सन्दिपले मेलबर्न स्टार्सबाटै यो वर्षको बिग बास लिग खेल्ने !
यस पटक विशेष हुँदैछ न्याभको बाल दिवस, सात भाषा विद्यालयहरु सहभागी बन्दै !
सन् २०१८ मा १ लाख ४५ हजारले लिए अष्ट्रेलियन नागरिकता, संख्या १५ वर्षकै उच्च !
error: Content is protected !!