ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले अब एनआरएन आईसीसी उपाध्यक्षमा उम्मेद्वारी दिने


गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा आईसीसी उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् । अष्ट्रेलियामा विगत लामो समयदेखि बसोबास गर्दै, व्यवसाय गर्दै आएका अधिकारीले क्षेत्रीय संयोजकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेपछि अझै विदेशमा रहेका नेपालीहरुको आवाजलाई देशसम्म र नेपालको सम्बृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेद्वारी दिने आकांक्षा राखेको जानकारी दिए ।

गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा विश्व सम्मेलन हुँदैछ । यही सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरुको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ । अधिकारीले क्षेत्रीय संयोजक भई सिड्नीमा ओसेनिया क्षेत्रीय बैठक सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । उक्त बैठकमा विश्वभरका एनआरएनहरुको मात्र होइन नेपालबाट कानूनमन्त्री समेत सहभागी भएका थिए । नेपालमा लगानीको अवसर र एनआरएनको सहभागिता विषयमा अन्तरक्रिया समेत गरिएको क्षेत्रीय बैठक सफल बनेको थियो । एमएनटीभीसँग कुरा गर्दै क्षेत्रीय संयोजक अधिकारीले कुनै लहडमा आफु उम्मेद्वार बनेको नभई एनआरएएको अन्तर्राष्ट्रिय अभियानमा अष्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न अघि बढेको बताए ।

उनले भने, “पछिल्लो समय क्षेत्रीय संयोजक भएर काम गरिरहँदा विश्वभर रहेका साथीभाईले दिनुभएको साथ, सहयोग र उत्साहले मलाई अघि बढ्न प्रेरित गरेको हो । हामीले विदेशमा बसेर नाम, दाम कमायौं होला तर मातृभूमिको सेवाबाट मात्र मनमा सन्तुष्टि मिल्छ भन्ने प्रष्ट छ । यसैकारण हामी हामीले विदेशमा आर्जन गरेको ज्ञान, शीप र दक्षता नेपालको नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं । हामी विदेशमा कमाएको पूँजीको केही अंश नेपालमा लगानी गर्न चाहन्छौं ताकि नेपालले सम्बृद्धिको यात्रालाई अझ मजबुत बनाउन सकोस् । हामी हाम्रा विदेशी मित्रहरुलाई नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा देखाउन चाहन्छौं, शान्तिदूत बुद्धभूमिमा लैजान चाहन्छौं ।”

अधिकारीले दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र स्कील, नलेज एण्ड ईनोभसन ९स्की० सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा आफुले योगदान दिन चाहेको र यिनै एजेन्डाको केन्द्रमा रहेर अघि बढ्ने बताएका छन् ।







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
नेपालमा लगानीको अवसर, दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै
लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
error: Content is protected !!