प्रधानमन्त्री उपचारका लागि फेरि सिंगापुरतर्फ, उतैबाट मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्ने


प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । बिहीबार अपरान्ह १ः३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गर्नुभएको हो ।

अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर जनाए अनुसार अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो । “एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो ” डा. सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मिर्गौलाको थप परिक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तीमा जनाइएको छ ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा।सिंहले जनाउनुभएको छ ।“प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ” डा सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रधानमन्त्रीले आफ्नो अनुपस्थितिमा पनि सिंगापुरबाट भिडियो कल मार्फत मन्त्रिपषिद्को बैठकको अध्यक्षता गर्नुहुने भएको छ । प्रविधिको प्रयोगबाट क्याविनेटको बैठक यसरी भिडियो कलबाट हुन लागेको यो पहिलो पटक हो ।

चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ ।







सम्बन्धित समाचारहरू

चीनबाट उद्धार गरिएका १ सय ९३ नेपाली अब ४ दिनपछि घर फर्किन पाउने
भिक्टोरियामा बन्ने गुम्बा र मन्दिरसहितको बहुसांस्कृतिक केन्द्रले किन्यो जग्गा
पन्ध्रौं न्याभ कपको उपाधि हिमालयन क्लबलाई, रोयल राईनोज बन्यो उपविजेता
पूर्वराजा वीरेन्द्र र परिवारको सम्पत्ति स्यहार्दै नेपाल ट्रष्ट, १२ जिल्लामा २१ हजार रोपनी जग्गा
मेलबर्नका तीन काउन्सिलले २० मिलियन पार्किंग फाईन फिर्ता गर्ने
ट्रम्पको दुईदिने भारत भ्रमण, एक लाख १० हजारको उपस्थितिमा भव्य बन्यो स्वागत
जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक भिजन टु एक्सन सार्वजनिक
केही संशोधन गरेर मात्र एमसीसीको सम्झौतामा अघि बढ्न सकिने कार्यदलको सुझाव
error: Content is protected !!