नेपाल विद्युत प्राधिकरणले अब स्मार्ट मिटर वितरण गर्ने, प्राविधिक परीक्षण जारी


विद्युत् वितरण प्रणालीलाई थप चुस्त बनाउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले अबको छ महिनामा ग्राहकलाई स्मार्ट मिटर उपलब्ध गराउने गरी तयारी तीव्र पारेको छ । प्राधिकरणका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकाबाट यसको सुरुवात हुनेछ । डेढ वर्षभित्र पूरा हुनेगरी उपत्यकामा ९८ हजार स्मार्ट मिटर जडान गर्न लागिएको हो ।
प्राधिकरण आयोजना व्यवस्थापन विभाग प्रमुख मनोज सिलवालका अनुसार प्राधिकरणको महाराजगञ्ज र रत्नपार्क वितरणअन्तर्गतका उपभोक्ताको परम्परागत मिटरहरू स्मार्ट मिटरबाट प्रतिस्थापित हुनेछन् । “अबको १८ महिनाभित्र ९८ हजार स्मार्ट मिटर जडान गरिसक्ने गरी तीन महिना पहिलेदेखि नै काम सुरु भइसकेको छ,” उहाँले भन्नुभयो, पुराना मिटर प्रतिस्थापनको काम छ महिनामा सुरु गर्ने योजना छ ।
चिनियाँ ठेकेदार कम्पनीले अहिले स्मार्ट मिटर सञ्चालनका लागि आवश्यक सञ्चार प्रणाली स्थापनाको काम गरिरहेको छ । प्राधिकरणले यस्तो सञ्चार प्रणाली मुलुकभर नै विस्तार गर्नसक्ने गरी स्थापना गर्न लागेको हो । स्मार्ट मिटरलाई विद्युत् कार्यालयबाटै अनुगमन, नियन्त्रण तथा व्यवस्थापन गर्न मिटरका सूचना सर्भरमा ल्याउनका लागि छुट्टै सञ्चार प्रणाली स्थापना गर्न लागिएको हो ।
स्मार्ट मिटर जडान भएपछि प्राधिकरणले मिटर ‘रिडिङ’का लागि घरघरै रिडर पठाउनु पर्ने छैन । प्रत्येक ग्राहकको विद्युत् खपत प्रवृत्ति पनि प्राधिकरणले हेर्न सक्नेछ । त्यस्तै विद्युत् चोरी तथा चुहावट नियन्त्रण गर्न पनि यसले सहयोग पुग्ने अपेक्षा प्राधिकरणको छ । ग्राहकले आफ्नो घरमा आइरहेको विद्युत्को गुणस्तर ९भोल्टेज० तत्काल जान्न सक्ने सुविधा यसबाट प्राप्त गर्न सक्नेछन् ।
जडान गर्न लागिएको स्मार्ट मिटरमा ग्राहकले अग्रिम भुक्तानी गर्ने सुविधा पनि उपलब्ध छ । तर प्राधिकरणले यसलाई उपयोग गर्ने सोच भने अझै बनाएको छैन । यसको प्रयोगका
लागि रिचार्ज कार्डलगायतका पूर्वाधार व्यवस्था गर्नुपर्ने हुन्छ ।
नेपालमा प्रयोग गर्नका लागि तोकिएको मापदण्डअनुरूप ठेकेदारले आवश्यक नमुना स्मार्ट मिटर परीक्षणका लागि प्राधिकरणमा बुझाइसकेको छ । अहिले मिटरहरूको प्राविधिक परीक्षण भइरहेको र पुराना मिटर प्रतिस्थापनका लागि ग्राहकले कुनै थप शुल्क तिर्नु नपर्ने सिलवालले जानकारी दिनुभयो ।







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
नेपालमा लगानीको अवसर, दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै
लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
error: Content is protected !!