शालिग्राम पुडासैनी आत्महत्या प्रकरण, अदालतले दिएको आदेशमा के छ ?


न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने आफ्नै सहकर्मी पत्रकार शालिकराम पुडाशैनी आत्महत्याको प्रकरणमा पक्राउ परि ५ लाख धरौटीमा छुटेका छन् । उनीसँगै सहकर्मी युवराज कँडेल पनि छुटे । अर्कोतर्फ अस्मिता कार्कीलाई भने विना कुनै धरौटी तारेखमा छोडिएको छ । उनीहरुले उपचारका लागि देश बाहिर जानुपर्ने भएपनि अदालतको अनुमति लिनुपर्ने भएको छ। यत मात्र होइन अदालतले प्रहरीको अनुसन्धानका विषयमा पनि प्रश्न उठाएको छ । अदालतले दिएको भिडियो प्रमाण खिचिएको समय नलेखिएको हुँदा यसले आशंका उब्जाएको अदालतको ठहर छ । यस्तै पुडासैनीको मृत्युपूर्वको भिडियोमा उनी गञ्जी मात्रै लगाएर खिचिएको तर मृत्यु हुँदा सर्ट प्यान्ट सबै लगाएका कारण यो रहस्यमय भएको यसअघि बताइँदै आएको जस्तै अदालतले पनि यस विषय खुल्न नसकेका कारण त्यहाँ अरु कोही व्यक्ति थियो कि भन्ने आशंका गरेको छ । अदालतको आदेशमा उनले कसरी सेल्फी भिडियो खिच्दा नमस्ते गर्न भ्याए भन्ने कुराको उत्तर खोजेको छ । यो मुद्दा सकिएको हैन, धरौटीमै बसेर बहसमा सहभागी हुन, अदालत आउन सकिने भनेको हो । यसैकारण विस्तारै यसको पाटोहरु खुल्दै जालान् । प्रहरीसँग प्रमाण भए ति प्रमाण पनि पेश गर्दै जालान् ।

खासमा अदालतले दिएको आदेशमा के छ त ? हेर्नुहोस्







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
नेपालमा लगानीको अवसर, दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै
लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
error: Content is protected !!