जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ


दक्षिणपश्चिम जापानमा भारी वर्षापछि दुई व्यक्तिको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

सो भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

जापानको क्युशु प्रान्तको उत्तरीे भागमा पर्ने माथिल्लो स्थानमा सरकारले उच्च सर्तकताको चेतावनी दिनुको साथै सो क्षेत्रहरुबाट करिब दश लाख मानिसहरूलाई सो स्थान छोड्न सल्लाह दिइएको छ ।
सरकारी अधिकारीहरूले दुई व्यक्तिको मृत्युको पुष्टि गरेका छन् । पश्चिमी सागा प्रान्तमा कारसहित बगाइएको एक व्यक्ति शव फेला परेको थियो । फुकुओका प्रान्तमा एक कारबाट भाग्न खोज्दा भीषण बाढीमा फसेर अर्को एक व्यक्तिको मृत्यु भएको थियो ।

यद्यपी सरकारका प्रवक्ता योशिहिडे सुगाका अनुसार तेस्रो व्यक्तिको पनि भीषण वर्षाबाट हृदयघातको कारण मृत्यु भएको छ । चिकित्सकद्वारा यस मृत्युको पुष्टि भए तापनि सरकारले पुष्टि गरेको छैन् ।
बाढी, पहिरो र घरहरु डुबानमा परेको बाढीको कारण विभिन्न क्षेत्रहरु क्षति विवरण प्राप्त भएको भयता पनि अझै बढी क्षतिको सम्भावना रहेको सुगा बताउनु भएको छ ।

स्थानीय अधिकारीहरु त्यहाँका बासिन्दाहरूको अवस्थालाई ध्यान राखेर सो स्थान छोड्न सल्लाह दिएका छन् सरकारीको चेतावनीपछि आफ्नु घरवास छोड्नेहरुको लागि सरकारी आश्रयहरु उपलब्ध रहेको पनि सुगाले बताउनु भएको छ ।

अग्नी नियन्त्रण र प्रकोप व्यवस्थापन विभागका अनुसार यसअघि नै सागा र नागासाकी क्षेत्रहरुमा बाढीबाट घरहरु बगाएको विवरण प्राप्त भइसकेको थियो ।







सम्बन्धित समाचारहरू

आज एकै दिन ११४ नया संक्रमित थपिए,नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो
काठमाडौंको महाराजगञ्ज र चावहिलमा सडक छेउका विद्युतको तार अन्डरग्राउन्ड गर्ने कार्य तिव्रस्तरमा
क्वीन्सल्याण्डका विशाल पौडेलको क्यान्सर उपचारका लागि सहयोगमा जुट्दै, एकैदिनमा उठ्यो ४० हजार डलर !
विदेशबाट फर्कनेलाई क्वारेण्टीनमा राख्न होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने
आफ्नो भूमि कुनैपनि हालतमा फिर्ता लिएरै छाड्ने प्रधानमन्त्रीको उद्घोष
नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको सरकारको निष्कर्श, जेठ २० गतेसम्म लकडाउन
कोरोनाको कहरबीच अष्ट्रेलियाका ठूला महलको किनारामा बसी नेपालको सम्झना
२० गते फेरि बैठक बस्ने सहमति गर्दै नेकपाको बैठक सकियो, स्थायी कमिटी बैठकबारे कुराकानी
error: Content is protected !!