एनआरएन अष्ट्रेलियाका सदस्यहरुले विभिन्न सुविधा पाउने, यस्ता छन् पहिलो बैठकका निर्णय


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आफ्ना सदस्यहरुको लागि विभिन्न सुविधाहरु थप्ने भएको छ । यसका लागि सचिव उषाकिरण बारिया र कोषाध्यक्ष अनिल पोखरेलले नेतृत्व गर्ने भएका छन् । अहिले पनि साउथ अष्ट्रेलियामा त्यहाँका स्थानीय नेपालीका पसल र रेष्टुरेन्टहरुमा जाँदा एनआरएन सदस्यहरुले सुविधा पाउने गरेका छन् । यस्तै सुविधा अष्ट्रेलियाव्यापी गराउने र यससँगै कोल्स, उलवर्थ लगायतका ठूला अष्ट्रेलियन कम्पनीहरुसँग पनि परामर्श गरी आफ्ना सदस्यहरुलाई सुविधा दिलाउने प्रयास एनआरएनले गर्न लागेको हो । 

यो निर्णय गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो बैठकले गरेको हो । केही दिन अघि १५ जना निर्देशकहरुको बैठकपछि अन्य पदाधिकारीसहित आयोजना गरिएको यो पहिलो बैठक हो । अध्यक्ष केशव कँडेलको सभापतित्वमा भएको बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको महासचिव डा. ज्ञानेन्द्र रेग्मीले जनकारी दिए । उनका अनुसार बैठकले १२ हजार डलरको स्पोर्टस फन्ड बनाएको छ । यस कोषमा रहेको १२ हजार डलर र आगामी दिनमा थपिँदै जाने रकमले दुई वर्षकाबिच हुने विभिन्न खेल गतिविधिहरुलाई सहयोग गर्ने योजना रहेको छ ।

यस्तै क्वीन्सल्याण्डको टोओम्बामा रहेको नेपाली पाठशालाको लागि एक हजार डलर अनुदान दिने निर्णय पनि बैठकले गरेको छ । यो सहयोगले त्यहाँ पुस्तक किन्न सहयोग पुग्ने बताइएको छ । बैठकले वल्र्डकप छनोट चरणको अष्ट्रेलियासँग हुन लागेको फुटबल खेलमा सक्रिय सहभािगता जनाउने र खेलस्थलमा नेपालको प्रबद्र्धन गर्ने विभिन्न गतिविधि गर्ने निर्णय पनि गरेको छ । बैठकले एनआरएनको वेवसाईटलाई पुनः डिजाईन गर्ने प्रक्रिया पनि सुरु गरिएको जनाएको छ । यस्तै बैठकले महासचिव डा. रेग्मीको संयोजकत्वमा नेपाली नागरिकताको निरन्तरता सम्बन्धी कार्यशाला गर्ने भएको छ ।







सम्बन्धित समाचारहरू

चीनबाट उद्धार गरिएका १ सय ९३ नेपाली अब ४ दिनपछि घर फर्किन पाउने
भिक्टोरियामा बन्ने गुम्बा र मन्दिरसहितको बहुसांस्कृतिक केन्द्रले किन्यो जग्गा
पन्ध्रौं न्याभ कपको उपाधि हिमालयन क्लबलाई, रोयल राईनोज बन्यो उपविजेता
पूर्वराजा वीरेन्द्र र परिवारको सम्पत्ति स्यहार्दै नेपाल ट्रष्ट, १२ जिल्लामा २१ हजार रोपनी जग्गा
मेलबर्नका तीन काउन्सिलले २० मिलियन पार्किंग फाईन फिर्ता गर्ने
ट्रम्पको दुईदिने भारत भ्रमण, एक लाख १० हजारको उपस्थितिमा भव्य बन्यो स्वागत
जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक भिजन टु एक्सन सार्वजनिक
केही संशोधन गरेर मात्र एमसीसीको सम्झौतामा अघि बढ्न सकिने कार्यदलको सुझाव
error: Content is protected !!