नेपालगञ्जका गाई दैलेख लगेर छोडेको विषयमा गृहले छानविन गर्दै


यहाँको काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजानेक्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ ।
कार्यवाहक प्रमुख उमा थापामगरको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्बन्धमा स्थलगत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता विकास आचार्यको अध्यक्षतामा छानविन समिति गठन गरेको छ ।

समितिमा अधिकारकर्मी विश्वजित तिवारी, अधिवक्ता वसन्त गौतम, पत्रकार पूर्णलाल चुके, पशु स्वास्थ्य चिकित्सक, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य र उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल सदस्यसचिव रहनुभएको छ । समितिलाई निष्पक्ष छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको छ ।

यसैगरी, सर्वदलीय, सर्वपक्षीय बैठकसमेतको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा पवित्र उद्देश्यका साथ छाडा पशु चौपाया दैलेख पठाउन लगिएकामा सुर्खेतस्थित कटकुवाको जङ्गलमा छोडिनुलाई गम्भीरताका साथ लिँदै उपमहानगरपालिकाले क्षमायाचनासमेत गरेको छ ।







सम्बन्धित समाचारहरू

चीनबाट उद्धार गरिएका १ सय ९३ नेपाली अब ४ दिनपछि घर फर्किन पाउने
भिक्टोरियामा बन्ने गुम्बा र मन्दिरसहितको बहुसांस्कृतिक केन्द्रले किन्यो जग्गा
पन्ध्रौं न्याभ कपको उपाधि हिमालयन क्लबलाई, रोयल राईनोज बन्यो उपविजेता
पूर्वराजा वीरेन्द्र र परिवारको सम्पत्ति स्यहार्दै नेपाल ट्रष्ट, १२ जिल्लामा २१ हजार रोपनी जग्गा
मेलबर्नका तीन काउन्सिलले २० मिलियन पार्किंग फाईन फिर्ता गर्ने
ट्रम्पको दुईदिने भारत भ्रमण, एक लाख १० हजारको उपस्थितिमा भव्य बन्यो स्वागत
जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक भिजन टु एक्सन सार्वजनिक
केही संशोधन गरेर मात्र एमसीसीको सम्झौतामा अघि बढ्न सकिने कार्यदलको सुझाव
error: Content is protected !!