अष्ट्रेलियाबाट हरेक महिना ८० जना डिपोर्ट हुन्छन् – हेर्नुस तथ्यांक !


अष्ट्रेलिया धेरैका लागि सपनाको देश हो । काम गरे अनुसार श्रमको मूल्य पाइने भएका कारण, उच्च शिक्षा हासिल गरेर विश्वबजारमा आफुलाई उभ्याउन सक्ने भएका कारण अनि आधुनिक प्रविधि र सामाजिक सुरक्षाको अत्याधुनिक व्यवस्थापनका कारण । तर, यहाँ आइसकेपछि आफ्नो आचरणमा सुधार गर्न नसक्ने हो भने यो सपना काँचको पर्दा झैं चकनाचुर हुन पनि बेर लाग्दैन । 

पछिल्लो तथ्यांक अनुसार हरेक महिना ८० जनाभन्दा बढी विदेशीहरुको भिसा रद्द गर्दै देश निकाला भइरहेको छ । सन् २०१४ मा वर्तमान सरकारले आफ्नो आप्रवासन नीतिमा कडाई गरेदेखि हालसम्म ४ हजार ७ सय भिसा रद्द भइसकेका छन् । यसरी भिसा रद्द मध्ये अधिकांश लागू औषध, बालयौन दूराचार, दुव्र्यवहार लगायतका मुद्दा छन् । कतिपय केशमा त सडक दुर्घटना पनि यस्तो देश निकालाको कारण बन्ने गरेको छ । लिबरल सरकारले कानूनी रुपमा १२ महिनाभन्दा बढी जेल बस्ने कुनै अपराध गरेको अवस्थामा त्यस्ता व्यक्तिको भिसा रद्द गर्ने गर्छ र उसलाई जेल सजाय पूरा भएपछि देश निकाला गर्ने गर्छ । तर, रोचक कुरा के छ भने यसरी देश निकाला पर्नेहरुमध्ये आधाजसो न्यूजिल्याण्डका बासिन्दा छन् । सरकारी अधिकारीहरु यो निर्णयलाई भिसा रद्द मात्र हो भन्छन, देश निकाला होइन । कतिपय घटनामा त अष्ट्रेलियाले देशविहीन भएकाहरुलाई समेत भिसा रद्द गर्दै निकालको छ । यसरी निकालिएका ११ जनाको विषयमा स्थानीय सेभेन न्यूजले गरेको प्रश्नमा अध्यागमन मन्त्रीको कार्यालयले कुनै जवाफ दिएको छैन । 

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले आफ्नो भ्रमणका बेला अष्ट्रेलियालाई देश निकाला गर्नुअघि पुनर्विचार गर्न आग्रह गरिन् । उनले भनिन्  “देशनिकाला गरेर न्यूजिल्याण्ड पुगेका व्यक्तिहरु त्यहाँ न त समाजसँग जोडिन सक्छन् न त उनीहरु अरु कुनै काम नै गर्न सक्छन् ।” यस्तो अवस्थामा पुनर्विचार नगरे यसले सामाजिक विचलन ल्याउने उनको तर्क छ । कतिपय व्यक्ति त यस्ता छन् जसले न्यूजिल्याण्डमा चार पाँच वर्षको उमेरसम्म मात्रै बसे । त्यसपछि उनीहरुको सबै दुनियाँ यतै बन्यो । तर, अहिले डिपोर्ट हुँदा उनीहरुले त्यहाँ भिज्नै सकेका छैनन् । यसैकारण न्यूजिल्याण्डले १० वर्षभन्दा कम बसोबास भएका व्यक्तिलाई मात्र अष्ट्रेलियाले देश निकाला गरोस् भन्ने माग गरेको छ ।







सम्बन्धित समाचारहरू

चीनबाट उद्धार गरिएका १ सय ९३ नेपाली अब ४ दिनपछि घर फर्किन पाउने
भिक्टोरियामा बन्ने गुम्बा र मन्दिरसहितको बहुसांस्कृतिक केन्द्रले किन्यो जग्गा
पन्ध्रौं न्याभ कपको उपाधि हिमालयन क्लबलाई, रोयल राईनोज बन्यो उपविजेता
पूर्वराजा वीरेन्द्र र परिवारको सम्पत्ति स्यहार्दै नेपाल ट्रष्ट, १२ जिल्लामा २१ हजार रोपनी जग्गा
मेलबर्नका तीन काउन्सिलले २० मिलियन पार्किंग फाईन फिर्ता गर्ने
ट्रम्पको दुईदिने भारत भ्रमण, एक लाख १० हजारको उपस्थितिमा भव्य बन्यो स्वागत
जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक भिजन टु एक्सन सार्वजनिक
केही संशोधन गरेर मात्र एमसीसीको सम्झौतामा अघि बढ्न सकिने कार्यदलको सुझाव
error: Content is protected !!