पक्राउ परे परदेशी, ठगीका मुद्दामा प्रहरीले अनुसन्धान अघि बढायो


ठगीको आरोप लागेपछि श्याम परदेशी भन्ने श्यामकृष्ण साहलाई प्रहरीले आइतवार साँझ सर्लाही सदरमुकाम मलङ्गवाबाट पक्राउ गरेको छ ।
सर्लाहीका प्रहरी प्रमुख ९एसपी० गोपालचन्द्र भट्टराईले सदरमुकाम मलङ्गवा नगरपालिका–१० स्थित घर नजिकैबाट साहलाई प्रहरीले पक्राउ गरेको हो । ५६ वर्षीय साहविरुद्ध आइतवार मात्रै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी परेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख भट्टराईले बताउनु भएको छ ।
जिल्लाको साबिक पिपरिया गाबिस घर भएका साहले तिरेको ऋणको निस्सा नदिने, चुक्ता गरेको ऋणको समेत कागज नच्यात्ने, महिलाहरुमाथि अभद्र व्यवहार गर्ने, आफूले भने अनुसार नगर्दा लेनदेनको मुद्दा लगाउने गरेको जस्ता आरोप लागेको छ । साहको अन्याय सहन नसक्ने अवस्थामा पुगेको भन्दै सर्लाहीका विभिन्न गाउँका स्थानीय न्याय माग्दै हाल सङ्घीय राजधानी काठमाडौं पुगेका छन् ।
पीडितहरुले बिहिवार गृहमन्त्री रामबहादुर थापा ९बादल०, सुक्रवार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० सँग भेट गरी न्याय दिलाई दिन माग राखेका थिए ।







सम्बन्धित समाचारहरू

ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
रुपन्देहीमा दिनदहाडै गोली प्रहार गरी एकजनाको हत्या, ५ लाख लुटियो !
वीरगञ्जमा १५ वर्षे किशोरीमाथि एसिड प्रहार गर्ने एकजना पक्राउ
पक्राउ परे परदेशी, ठगीका मुद्दामा प्रहरीले अनुसन्धान अघि बढायो
नेपालगञ्जको गाई सुर्खेत लैजाने काण्डका सात जना प्रहरी हिरासतमा, अनुसन्धान हुँदै
नेपालगञ्जका गाई दैलेख लगेर छोडेको विषयमा गृहले छानविन गर्दै
शालिग्राम पुडासैनी आत्महत्या प्रकरण, अदालतले दिएको आदेशमा के छ ?
पुडाशैनीको आत्महत्या प्रकरण : चितवन जिल्ला अदालतमा सञ्चारकर्मीलाई प्रवेश रोकेर बहस, पाँच दिन म्याद थप
error: Content is protected !!