अष्ट्रेलियाबाट एनआरएन आईसीसी उपाध्यक्ष पदमा मन केसीले उम्मेद्वारी दिने


गैरआवासीय नेपाली संघका पूर्वप्रवक्ता एवं एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यष मन केसीले यस पटक उपाध्यक्ष पदमा आफ्नो दावेदारी प्रस्तुत गर्ने भएका छन् । सिड्नीमा एक कार्यक्रमको आयोजना गर्दै उनले आफ्नो आकांक्षा प्रस्तुत गरेका हुन् । एनआरएनका पूर्वअध्यक्ष शेष घले, संरक्षक ईन्द्रा वन, पूर्वप्रवक्ता रञ्जु वाग्ले, एनआरएन अष्ट्रेलियाका पदाधिकारीहरु सहित न्यूसाउथवेल्सका लागि नेपाली महावाणिज्यदूत दिपक खड्काको उपस्थितिमा गरिएको कार्यक्रममा केसीले एनआरएन अभियानमा सुरुदेखि नै अग्रपंक्तिमा रहेको अष्ट्रेलियाले आफ्नो महत्वपूर्ण उपस्थिति केन्द्रीय नेतृत्वमा दिनुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए । 

अष्ट्रेलियाको एकताबद्ध साथ आफुलाई प्राप्त हुने केसीको विश्वास थियो । उनले एनआरएन अभियानमा दिने दिने र लिने लिने सम्बन्ध मात्र नभई लिने दिने सम्बन्धका आधारमा देशको सेवा गर्नुपर्ने बताए ।
एनआरएन आईसीसीका पूर्वअध्यक्ष शेष घलेले सफलताको शुभकामना दिँदै प्रवक्ताका रुपमा आफुसँग काम गर्दा केसीले प्रस्तुत गरेको उच्चस्तरको शैलीबाट प्रभावित बनेको बताए । उक्त अवसरमा एनआरएनको संस्थापक मध्येका एक ईन्द्रा वन, दिपक खड्का, अष्ट्रेलियाको समूदायका अग्रज नारायण प्रधान, पूर्वप्रवक्ता रञ्जु वाग्ले, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष ध्रुव सुवेदी, कानून व्यवसायी शमशेर थापा, रमेश पाण्डे, होम पाण्डे, दिनेश जोशी लगायतले शुभकामना दिएका थिए । यसअघि एनआरएनको उपाध्यक्ष पदमा नै वर्तमान ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
नेपालमा लगानीको अवसर, दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै
लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
error: Content is protected !!