राष्ट्र बैंकले ल्यायो नयाँ योजना, एनआरएनले अष्ट्रेलियन डलरमै नेपालमा मुद्दती खाता खोल्न सक्ने !


अमेरिका, अष्ट्रेलिया, बेलायत लगायत युरोपका देशहरुमा बस्ने गैरआवासीय नेपालीहरुले आफू बसोबास गरेकै देशको मुद्रामा नेपालको कुनैपनि बैंकमा मुद्दती निक्षेप खाता खोल्न पाउने भएका छन् । यस्तो निक्षेप खातामा व्याजदर विदेशमा भन्दा बढी रहेको छ । नेपालमा देखिएको तरलता अभावलाई हटाउनभन्दै राष्ट्र बैंकले ल्याएको यो प्रावधानले विदेशमा रहेका नेपालीहरुले आफ्नो बचत खातामा रहेको रकमलाई नेपालको मुद्दती निक्षेप खातामा जम्मा गरेको अवस्थामा उनीहरु उल्लेख्य मात्रामा लाभान्वित हुने देखिएको छ ।
नेपालका बैंकहरुले यस्तो निक्षेप खातामा न्यूनतम ९ प्रतिशतभन्दा बढी वार्षिक व्याजदर दिने गरेका छन् । तर, विदेशमा रहनेहरुले नेपालको बैंकमा पठाउने पैसा भने बैंककै च्यानलबाट गएको हुनुपर्छ । यसरी जम्मा गरिएको रकमको व्याज नेपाली मुद्रामा या विदेशी डलरमै आफु बसेकै देशमा समेत ल्याउन पाइनेछ । निक्षेप खाता बन्द गरेको अवस्थामा पनि त्यस्तो रकम फिर्ता आफु बसेकै देशमा ल्याउन कुनै समस्या हुने छैन । तर यस्तो बचत गरेको मुद्दती निक्षेपको न्यूनतम अवधि भने दुई वर्षको हुनुपर्नेछ ।
सरकारले गैरआवासीय नेपालीलाई मात्र होइन, विदेशमा रहेका विभिन्न कम्पनीहरुलाई पनि यस्तो मुद्दती निक्षेप गर्नसक्ने अधिकार दिएको छ ।
यस्तो छ राष्ट्र बैंकको परिपत्र







सम्बन्धित समाचारहरू

चीनबाट उद्धार गरिएका १ सय ९३ नेपाली अब ४ दिनपछि घर फर्किन पाउने
भिक्टोरियामा बन्ने गुम्बा र मन्दिरसहितको बहुसांस्कृतिक केन्द्रले किन्यो जग्गा
पन्ध्रौं न्याभ कपको उपाधि हिमालयन क्लबलाई, रोयल राईनोज बन्यो उपविजेता
पूर्वराजा वीरेन्द्र र परिवारको सम्पत्ति स्यहार्दै नेपाल ट्रष्ट, १२ जिल्लामा २१ हजार रोपनी जग्गा
मेलबर्नका तीन काउन्सिलले २० मिलियन पार्किंग फाईन फिर्ता गर्ने
ट्रम्पको दुईदिने भारत भ्रमण, एक लाख १० हजारको उपस्थितिमा भव्य बन्यो स्वागत
जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक भिजन टु एक्सन सार्वजनिक
केही संशोधन गरेर मात्र एमसीसीको सम्झौतामा अघि बढ्न सकिने कार्यदलको सुझाव
error: Content is protected !!