अजीमेड फाउन्डेसनको भिक्टोरिया शाखा खुल्यो, रोजी पौडेल अध्यक्ष


अष्ट्रेलियामा कार्यरत रहेका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरुले विभिन्न परोपकारी कार्यका लागि निर्माण गरेको संस्था अजीमेड फाउन्डेसनको भिक्टोरिया शाखा खुलेको छ । शनिबार मेलबर्नमा आयोजना गरिएको एक जमघटकाबीच उक्त संस्थाको स्थापना गरिएको हो । भिक्टोरिया शाखाको अध्यक्षमा रोजी पौडेल चयन भएकी छिन् भने सदस्यहरुमा दिपक आचार्य र अरुण चित्रकार छन् । बाँकी सदस्यहरु मनोनित गर्ने बताइएको छ । कार्यक्रममा सहभागी हुन अजीमेड फाउन्डेसनका संस्थापक डा. कुश श्रेष्ठ, एनआरएन स्की कार्यक्रम संयोजक डा. राजु अधिकारी, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा. चन्द्रदिपक पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल, सामाजिक अभियन्ता दिपक विष्ट लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पुनम पन्तले गरेकी थिइन् । अजीमेड फाउन्डेसनले आफ्नो शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै केही समयपछि नै ब्रिसबेनमा पनि समिति बनाउने तयारी गरेको छ ।







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
नेपालमा लगानीको अवसर, दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै
लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
error: Content is protected !!