नेपाल र चीनबीच तीनबुँदे समझदारीमा हस्ताक्षर, मनाङमा विद्यालय बनाईने


नेपाल र चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर भएको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको उपस्थितिमा सोमबार सम्झौता अदानप्रदान भएको हो।

जसमा हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पताल रहेको छ। 

त्यसैगरी गृह मन्त्रालयलाई आपत्तिकालिन सेवाका लागि ५ हजार टेन्ट उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ। सोको लागत एक करोड ७० लाख रुपैयाँ रहेको छ। चीनका स्टेट काउन्सिलर वाङ यीले बाढी पीडितका लागि १ करोड ६० लाख रुपैयाँको सहयोगको पनि घोषणा गरेका छन्।
यी सहयोगहरु बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको क्रममा चीनले घोषणा गरेको १७ अर्ब रुपैयाको सहयोग अन्तर्गतका हुन्।

दुवै देशका परराष्ट्रमन्त्रीबीच होटल याक एन्ड यतिमा द्वीपक्षीय वार्ता भएको हो। दुवै देशबीच स्वयंसेवी चिनियाँ भाषा शिक्षकहरुले नेपाली विद्यालयमा चिनियाँ भाषा अध्यापन गराउने विषयमा समेत छलफल भएको छ।

२०७१ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच भाषा शिक्षकको विषयमा सहमति भएको थियो। जसलाई गत वर्ष दोस्रो पटक प्रधानमन्त्री भएपछि भएको चीन भ्रमणको क्रममा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो।







सम्बन्धित समाचारहरू

चीनबाट उद्धार गरिएका १ सय ९३ नेपाली अब ४ दिनपछि घर फर्किन पाउने
भिक्टोरियामा बन्ने गुम्बा र मन्दिरसहितको बहुसांस्कृतिक केन्द्रले किन्यो जग्गा
पन्ध्रौं न्याभ कपको उपाधि हिमालयन क्लबलाई, रोयल राईनोज बन्यो उपविजेता
पूर्वराजा वीरेन्द्र र परिवारको सम्पत्ति स्यहार्दै नेपाल ट्रष्ट, १२ जिल्लामा २१ हजार रोपनी जग्गा
मेलबर्नका तीन काउन्सिलले २० मिलियन पार्किंग फाईन फिर्ता गर्ने
ट्रम्पको दुईदिने भारत भ्रमण, एक लाख १० हजारको उपस्थितिमा भव्य बन्यो स्वागत
जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक भिजन टु एक्सन सार्वजनिक
केही संशोधन गरेर मात्र एमसीसीको सम्झौतामा अघि बढ्न सकिने कार्यदलको सुझाव
error: Content is protected !!