फेन्काको विषयमा के भने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ?


अष्ट्रेलियाको राजधानी क्यानबेरामा फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का) को पहिलो वार्षिक साधारणसभा सुरु भएको छ । साधारणसभालाई शुभकामना दिँदै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली समूदायले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा गरेका छन् । उनले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजको महत्वपूर्ण हिस्साको रुपमा नेपाली समूदाय रहेको भन्दै सामूदायिक संघ संस्थालाई एकै ठाउँमा ल्याउने गरी फेन्का गठन भएकोमा बधाई पनि दिएका छन् । उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीहरु तेश्रो ठूलो संख्यामा रहेको पनि सन्देशमा लेखेका छन् ।

यसको साधारणसभामा बोल्दै अष्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत द्रुपदा सापकोटाले डायस्पोरा डिप्लोमेसीको नयाँ बहसलाई थप उचाईमा लैजानुपर्ने बताइन् । सापकोटाले नयाँ संस्थाका रुपमा सफलताको कामना पनि गरिन् । कार्यक्रममा फेन्काका अध्यक्ष डा. राजु अधिकारीले यस किसिमको संघीय संरचनाको नेपाली संस्थाको आवश्यकता आज भन्दा भोलि अझ बढेर जाने विचार राखे । उक्त अवसरमा बोल्दै महासचिव कृष्ण हमालले अहिलेसम्मको गतिविधिको जानकारी गराएका थिए । सन् १९९६ देखि नै यस्तो संस्थाको आवश्यकता बोध गरिएको भएपनि अहिले आएर सार्थकता प्रदान गर्न सकिएको बताए । कार्यक्रममा संस्थाको आर्थिक पाटोको विषयमा प्रवक्ता बम योञ्जनले जानकारी गराएका थिए । वार्षिक साधारणसभामा एनआरएन अष्ट्रेलियाका उपाध्यक्षद्वय देव गुरुंग र चुडामणि सापकोटा पनि सहभागी थिए । आजै साँझ अध्यागमन मन्त्री डेभिड कोलम्यानको उपस्थितिमा उद्घाटन सत्र पनि आयोजना हुँदैछ ।







सम्बन्धित समाचारहरू

लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
रुपन्देहीमा दिनदहाडै गोली प्रहार गरी एकजनाको हत्या, ५ लाख लुटियो !
चितवनमा दशैंअघि नै चल्ने रिभर क्रुज जहाज, यस्तो छ तयारी !
भिक्टोरियामा नेपाली बहुसांस्कृतिक केन्द्र बनाउने अभियानको अर्को चरण आजदेखि सुरु
error: Content is protected !!