विश्वकप छनोटमा पहिलो पटक नेपालले बटुल्यो ३ अंक, चाइनिज ताइपेइ पराजित


विश्वकप फुटबल २०२२ को छनोट प्रतियोगिताअन्तर्गत मंगलबार अन्जन विष्टको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ ।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो । 

नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । फ्रिकिकमार्फत आएको बललाई अञ्जनले हेड गर्दै गोलमा परिणतमा गरेका हुन् । त्यस्तै अञ्जनले नै खेलको ६२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ताइपेईले पटक९पटक गोल गर्ने प्रयास गरे पनि नेपालको डिफेन्स लाइन र गोलकिपर किरण चेम्जोङले बचाए ।

ताइपेईविरुद्धको खेलका लागि नेपाली प्रशिक्षक योहान कलिनले एक जना मात्र फरवार्ड राखेका थिए । फरवार्डमा विमल घर्ती मगर मात्र रहेका थिए ।

कुवेतविरुद्धको खेलमा जस्तै ताइपेईविरुद्ध पनि कलिनले पाँच जना मिडफिल्डर उतारेका थिए । मिडफिल्डरमा विशाल राई, सुजल श्रेष्ठ, रविशंकर पासवान, अञ्जन विष्ट र रोहित चन्द रहेका थिए । त्यस्तै डिफेन्समा अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र रञ्जित धिमाल थिए ।







सम्बन्धित समाचारहरू

काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने प्रतिनिधि छान्दै एनआरएन अष्ट्रेलिया
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
नेपालमा लगानीको अवसर, दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै
लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए
एडिलेडमा हुन लागेको ‘जुनियर वल्र्डकप २०१९’ मा भिजिट नेपालको प्रबद्र्धन गरिने !
बाँकेको घटनाले तातेको संसद सेलाएन, काँग्रेस र नेकपाका सांसदको जुहारीले तोडियो सहमति
यस्तो भयो एडिलेडमा मनाइएको ईन्द्रजात्रा, पुलुकिसी नाच र कुमारी प्रमुख आकर्षण
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
error: Content is protected !!