रुपन्देहीमा दिनदहाडै गोली प्रहार गरी एकजनाको हत्या, ५ लाख लुटियो !


रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधई क्षेत्रमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।

भैरहवा स्थित हिमालयन बैंकबाट रकम लिएर घरतर्फ जाँदै गरेका महेन्द्र कुर्मीमाथि आइतबार दिउँसो गोली प्रहार भएको हो । गोली प्रहार गर्ने समुहले उहाँको साथमा रहेको पाँच लाख लुटेर लगेको छ ।

ओमसतीया गाउँपालिका वडा नं। ५ बस्ने कुर्मीको गोली प्रहारबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा बैंकबाट पैसा निकालेर धकधईतर्फ जाँदै हुनुहुन्थ्यो । उहाँको बायाँ कुममा गोली लागेको छ । घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको छ । यद्यपि साँझसम्म अभियुक्त पक्राउ परेका छैनन् । 

बैंकबाट रकम निकालेर आफ्नो घरतर्फ जाने क्रममा मोटरसाइकलमा सवार दुईजना युवाले उहाँलाई गोली हानी रकम लुटेर फरार भएको संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक चन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गोली प्रहार गर्ने युवाले प्रयोग गरेको मोटरसाइकलको नम्बर प्लेटमा रातो रंग दलिएको थियो । नम्बर प्लेट नचिनिएकाले पनि अभियुक्त पक्राउ पर्न ढिलाई भएको प्रहरीको भनाइ छ ।

चारैतर्फका नाकामा प्रहरी परिचालन गरी खोजतलाश तीव्र पारिएकाले अभियुक्तलाई चाँडै पक्राउ गरिने पनि प्रहरीले जनाएको छ ।







सम्बन्धित समाचारहरू

नेपाली सेनाले भोलि चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदै
कोरोनाका कारण लाउन्ड्रीमा काम गर्ने सिड्नीका सयजनाभन्दा बढी नेपालीले काम गुमाए !
संविधान संशोधनको विषयमा काँग्रेसले माग्यो छलफलका लागि थप समय
गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली भित्रिए : आधा क्वारेन्टाइनमा, आधा गाउँघरमा
चीनको राष्ट्रिय मिडियाले अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भनेपछि बबाल !
नेपालमा थप ७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६८२,मृत्यु हुनेको संख्या ४ पुग्यो
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भइ अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
error: Content is protected !!