ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी


ज्ञानेन्द्र शाही नामले केही समयदेखि चर्चित बनेका नेपालका लागि नेपाली अभियानका मुख्य पात्र ज्ञानबहादुर शाहीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा विमान केही ढिलो भएको भन्दै विमानस्थलमै हुलहुज्जत गर्ने अनि मन्त्री योगेश भट्टराईलाई गाली गलौज गर्दै हुल हुज्जत गरी उनका विरुद्ध नाराबाजी समेत गर्ने शाही र निजको समूहमाथि छानविन गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । 

आईतबार आफ्नै कार्यालय जाउलाखेलमा पत्रकार सम्मेलन गर्न लागेका बेला केही विद्यार्थीहरुले पत्रकार सम्मेलनस्थलमै आएर उनको विषयमा प्रश्न गरेका थिए । पत्रकार सम्मेलनमा आएर प्रश्न सोध्ने युवाहरु अनेरास्ववियु निकट भएको पाइएको छ । यही क्रममा धकेलाधकेल हुन पुग्दा प्रहरीले शाहीको सुरक्षाका खातिर पक्राउ गरी ललितपुर प्रहरी परिसरमा लगेको थियो । सुरक्षाका लागि पक्राउ गरिएको भएपनि छुट्ने बेलामा फेरि प्रहरीमाथि दुव्र्यवहार गरिएको भन्दै प्रहरीले यतिबेला नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा लिएका उनको साथमा रहेका एक सागर नामका युवाले निरन्तर फेसबुकमा स्ट्याटस अपडेट गर्दै आएका थिए भने उनको सुरक्षाका लागि नै नियन्त्रणमा लिँदा उल्टै प्रहरीको ज्यादी, ,राज्य आतंक भन्दै पत्रकार सम्मेलन गर्ने कार्य केही व्यक्तिले गरेको थिए भने माईतिघर मण्डलामा धर्नाको समेत कार्यक्रम गरिएको थियो । प्रहरीले यस विषयमा केही जानकारी गराएको छैन । शाहीलाई शनिबारको घटनामा संलग्न रहेको अभियोग लगाइएको छ भने हवाई सुरषामा गम्भीर खलल पुर्याएको भन्दै मुद्दा चलाउने तयारी छ ।







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!