लगातार मौसम खराब भएपछि विश्वकै खतरनाक लुक्ला विमानस्थलमा सैयौं पर्यटकहरु रोकिए


सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तीन दिनदेखि लगातार मौसममा आएको खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् । पर्यटकीय सिजन सुरु भएका बेला दैनिकजसो दुई दर्जन बढी उडान हुने लुक्लामा मौसम खराबीका कारण सबै उडान अवरुद्ध भएपछि पर्यटकको आवत–जावतमा समस्या परेको छ ।

शनिबार २५ वटा उडान रहेकोमा पाँचवटा उडान मात्र भएको र सोमबार र मङ्गलबार कुनै पनि उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका हवाई उडान अधिकृत अरुण कर्णले जानकारी दिनुभयो । हवाई उडान अवरुद्ध भएपछि लुक्ला र काठमाडौँबाट आउने र जाने दुवैतिरका यात्रु अलपत्र बनेका हुन् ।

पर्यटकीय सिजन सुरु भएसँगै लुक्लामा दैनिक २५ भन्दा बढी उडान तय भएकोमा मौसममा सुधार नआउँदा उडान ठप्प भएको छ भने लुक्ला नजिक रहेको सुर्केबाट केही हेलिकोप्टरले उडान गरेको अधिकृत कर्णले बताउनुभयो । यात्रुहरू मौसममा सुधार आउला र यात्रा गर्न पाइएला भनेर विमान कुरेर बसिरहेको उहाँले बताउनुभयो । 

पर्यटकीय सिजनको सुरुमा नै मौसमले साथ नदिँदा समस्या उत्पन्न भएको छ । लगातार बाक्लो कुहिरो र वर्षाका कारण सीता एयर, समिट र तारा एयरलाइन्सका नियमित तथा निर्धारण नगरिएका ९नन–सेड्युल० उडान हुन नसकेका हुन् । बाक्लो कुहिरोका कारण भीजीबीलीटी अत्यन्त न्यून रहेकाले हवाइजहाज तथा हेलिकोप्टर कुनै पनि उडान तथा अवतरण हुन नसकेको हो । विमानस्थल वरपरको भीजीबीलीटी ५० मिटरभन्दा तल रहेको छ, जसलाई उडान क्षेत्रमा शून्य मानिन्छ ।

त्यस्तै, सदरमुकामको फाप्लु विमानस्थलमा पनि तीन दिनदेखि कुनै उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो । फाप्लुमा पनि तारा, सीता र समिट एयरले उडान गर्ने गरेका छन् । उडान अवरुद्ध हुँदा कतिपय यात्रु उडानको पर्खाइमा रहेका छन् भने कतिपयले सडक मार्गबाट गन्तव्य तय गरेका छन् ।







सम्बन्धित समाचारहरू

ओसेनिया क्षेत्रको संयोजक पदमा होम पाण्डे विजयी, उपसंयोजकमा कँडेल !
एनआरएन चुनाव : २३ सय ४० मत खस्यो, मतगणना गर्ने तयारी !
एनआरएनको निर्वाचन, मत बदर नहोस् भनी ध्यान दिनुपर्ने दुई कुरा !
एनआरएनको निर्वाचन स्थगित, भोलि मतदान सुचारु गर्ने निर्वाचन आयोगको स्पष्टीकरण
एनआरएनको नयाँ नेतृत्व चयन गर्न बल्ल मतदान सुरु, आजै परिणाम नआउने निश्चित !
नयाँ नेतृत्वका लागि आज हुँदैछ एनआरएनएको चुनाव, यस्तो छ कार्यतालिका !
राष्ट्रपतिले दिलाईन् अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सपथ
के भनिन् राष्ट्रपतिले एनआरएनको उद्घाटन कार्यक्रममा ?
error: Content is protected !!