ओम अस्पतालमा फेरि तनाव, पत्थरीको अपरेशन गर्न गएकी महिलाको ज्यान गयो


चिकित्सकको लापरबाहीले विरामी मरेको भन्दै अहिले चाबहिलस्थित ओम अस्पताल तनावग्रस्त भएको छ। शनिवार पत्थरीको अपरेशन गर्न अस्पताल पुगेकी धादिङकी २९ वर्षीया अनिता गुरुङको ज्यान गएपछि चिकित्सकले अपरेशनमा लापरवाही गरेको भन्दै आफन्तहरू आक्रोशित भएका हुन्। सानो शल्यक्रिया गर्दा पनि बिरामीको मृत्यु भएको भन्दै अहिले मृतकमा आफन्तले अस्पताल परिसरमा तोडफोडसहित नाराबाजी गरिरहेका छन्। यस बिषयमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन। अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता पनि भएको बताइएको छ। यसअघि जेठ २३ गते पनि सिन्धुपाल्चोककी ५० वर्षीया राम प्यारी थापाको पित्तथैलीको अपरेशन गर्ने क्रममा चिकित्सकको लापरवाही भएर मृत्यु भएको थियो। त्यो घटनामा अस्पतालले पीडित परिवारलाई क्षतिपूर्ति तिरेको थियो। बारम्बार यस्ता घटना सार्वजनिक हुँदा पनि सम्बन्धित निकायले यसतर्फ चासो दिएको देखिँदैन ।







सम्बन्धित समाचारहरू

अष्ट्रेलियाका एनआरएन प्रतिनिधिले फोडे अध्यागमन टेबलको सीसा ! हिरासतमा दुई रात
महरा काण्डको छानविन गर्न सर्वत्र माग, के भएको थियो त्यो साँझ ? Watch Video
नेपाली बैंकमा अर्को काण्ड, पाँच करोड अवैध रुपमा निकाल्ने प्रयास गर्ने १२ जना अपराधी र मतियार प्रहरीको नियन्त्रणमा
ओम अस्पतालमा फेरि तनाव, पत्थरीको अपरेशन गर्न गएकी महिलाको ज्यान गयो
ज्ञानबहादुर शाही प्रहरी नियन्त्रणमा, हवाई सुरक्षा प्रतिकूल कार्य गरेको अभियोग लगाउने तयारी
रुपन्देहीमा दिनदहाडै गोली प्रहार गरी एकजनाको हत्या, ५ लाख लुटियो !
वीरगञ्जमा १५ वर्षे किशोरीमाथि एसिड प्रहार गर्ने एकजना पक्राउ
पक्राउ परे परदेशी, ठगीका मुद्दामा प्रहरीले अनुसन्धान अघि बढायो
error: Content is protected !!