तास्मानियामा दशैं साँझको तयारी, प्रमोद खरेल र कमल खत्रीले स्टेज तताउने


दि भ्वाईस अफ नेपालका चर्चित जज प्रमोद खरेल र गायक कमल खत्रीले तास्मानियामा रहेका नेपालीहरुको दशैंलाई यादगार बनाउने भएका छन् । गैरआवासीय नेपाली संघ तास्मानियाको आयोजनामा आगामी २९ सेप्टेम्बर आईतबार हुन लागेको यो कन्सर्टमा सहभागी हुनका आएका गायक प्रमोद खरेलले आफु तास्मानियामा जान निकै उत्साही बनेको प्रतिक्रिया दिएका छन् । यतिबेला सिड्नीमा रहेका उनले तास्मानियामा यसअघि गएको स्मरण गर्दै अझ बढी नेपालीहरु त्यहाँ पुगेकोमा यस पटकको कार्यक्रमले थप रौनकता पाउने आशा राखेको बताए । कमल खत्री र प्रमोद खरेल दुबैजना स्टेज तताउनसक्ने गायकरु हुन् । क्लासिकल संगीतको विद्यार्थी भन्न रुचाउने प्रमोदका चर्चित गीतहरुका साथै नयाँ गीत पनि प्रस्तुत गर्ने तयारी छ । यस्तै कमल खत्रीले पनि आफ्ना हिट नम्बरले उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् । स्थानीय मुनाह आर्टस सेन्टरमा साँझ ६ बजेपछि दशैं साँझको रमझम सुरु हुनेछ ।







सम्बन्धित समाचारहरू

अष्ट्रेलियाको मेलबर्नस्थित लाट्रोव युनिभर्सिटीका विद्यार्थीले यसरी मनाए दशैं
दशैंमा अष्ट्रेलियाबाट आमाको सम्झना (भिडियोसहित)
सिड्नीमा आईतबार अविरल कविता यात्रा !
तास्मानियामा दशैं साँझको तयारी, प्रमोद खरेल र कमल खत्रीले स्टेज तताउने
अभिनेत्री करिश्मा बनिन् मिसेस नेपाल इन्टरनेसनल २०१९
जब ईरफान ह्वीलचियरमा भारत फर्किए, विमानस्थलमा क्यामेरापर्सनहरुको आलोचना !
देशको माया प्रस्फुटन गर्दै उज्वल, ल्याए ‘मेरो देश’
कुलेन्द्र, पूर्णकला, अञ्जली र जूनाका साथ ३१ अगष्टमा तीज मेला मेलबर्नमा
error: Content is protected !!