महरा काण्डको छानविन गर्न सर्वत्र माग, के भएको थियो त्यो साँझ ? Watch Video


सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार गरेको आरोप रोशनी शाहीले लगाएकी छिन् । रोल्पा घर भएकी उनले आफ्नो सामाजिक सञ्जाल मार्फत यस्तो आरोप लगाएकी हुन् भने यसमा सभामुखको सचिवालयले खण्डन गरेको छ । तर, मिडियामा आएका रिपोर्टहरु र यो घटनालाई सार्वजनिक गर्ने हाम्राकुरा डटकमको भिडियो हेर्ने हो भने घटनास्थलमा कृष्णबहादुर महरा उपस्थित भएको पुष्टि भइसकेको छ ।

रक्सी लगेको समेत स्वीकार गरिसकेको अवस्थामा कृष्णबहादुर महराले अनुसन्धानलाई सघाउ पुर्याउनका लागि नै भएपनि राजीनामा गर्नुपर्ने माग सर्वत्र गर्न थालिएको छ । कुनैपनि महिला एक्लै भएको ठाउँमा जानु नै गल्ती भइसक्यो । त्यसमाथि कुटपिट र यौन दुव्र्यवहारको आरोप पीडित महिलाले लगाएपछि त्यस्तो आरोपको विषयमा छानविन नहुँदासम्म नैतिकताकै आधारमा समेत उनले राजीनामा दिनुपर्ने धेरैको माग छ । सामाजिक सञ्जालमा धेरै आलोचना भइसक्दा पनि यस विषयमा महराले स्पष्ट कुरा सार्वजनिक गरेका छैनन् ।

सार्वजनिक भएको भिडियोमा पत्रकारसँग कुरा गर्दैगर्दा पनि एम सर भनेर सेभ गरिएको नम्बरमा उनको फोन आएको देखिन्छ । र, मिडियासँग कुरा नगर्नका लागि बारम्बार आग्रह गरिएको छ । उता सचिवालयले महरा त्यस घरमा जाँदै नगएको भनेर गरेको दावी झुठा ठहरिएपछि यतिबेला उनी रक्षात्मक बनेका छन् । यस्तो छ भिडियो







सम्बन्धित समाचारहरू

ओसेनिया क्षेत्रको संयोजक पदमा होम पाण्डे विजयी, उपसंयोजकमा कँडेल !
एनआरएन चुनाव : २३ सय ४० मत खस्यो, मतगणना गर्ने तयारी !
एनआरएनको निर्वाचन, मत बदर नहोस् भनी ध्यान दिनुपर्ने दुई कुरा !
एनआरएनको निर्वाचन स्थगित, भोलि मतदान सुचारु गर्ने निर्वाचन आयोगको स्पष्टीकरण
एनआरएनको नयाँ नेतृत्व चयन गर्न बल्ल मतदान सुरु, आजै परिणाम नआउने निश्चित !
नयाँ नेतृत्वका लागि आज हुँदैछ एनआरएनएको चुनाव, यस्तो छ कार्यतालिका !
राष्ट्रपतिले दिलाईन् अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सपथ
के भनिन् राष्ट्रपतिले एनआरएनको उद्घाटन कार्यक्रममा ?
error: Content is protected !!