स्तन क्यान्सरविरुद्ध सचेतना फैलाउँदै मेलबर्नका दिदीबहिनी !


परोपकारी कार्यमा अग्रणी दिदीबहिनी समाज भिक्टोरियाको टोलीले ब्रेष्ट स्क्रिन भिक्टोयिासँगको सहकार्यमा स्तन क्यान्सरविरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ । मुख्यत नेपालबाट अष्ट्रेलिया घुम्नका लागि आउनुभएका अभिभावकहरुलाई यस्तो सेवा प्रदान गरिएको हो । संस्थाकी अध्यक्ष जमुना पराजुलीले नेपालबाट अष्ट्रेलियामा आउनुभएका आमाहरुलाई निःशुल्क स्तन क्यान्सर परीक्षणका साथै कुनै समस्या देखिएको अवस्थामा थप उपचार समेतको व्यवस्था गरिएको बताइन् । 

विभिन्न चार समूहमा विभाजित गरी ४४ जना आमाहरुको स्तन क्यान्सर परीक्षण गरिएको हो । स्थानीय ब्रोडमेडोज, ईपिंग, वैरेवी लगायतका ठाउँमा यस्तो परीक्षण सम्पन्न भएको छ । यसरी टिम विभाजन गरेर परीक्षणका लागि लैजाँदा आमाहरुलाई दिदीबहिनी समाजका सदस्यहरुले सहयोग गरेका थिए । उनीहरुको प्रत्यक्ष निगरानीमा परीक्षण सम्पनन भएको हो । पराजुलीले भनिन्, “आमाहरुलाई भाषाको समस्या नहोस् भनेर चिकित्सकहरुसँग दोभाषेको काम समेत उहाँहरुले गर्नुभयो । यति मात्र होइन, घर घरबाट आमाहरुलाई यातायातको व्यवस्था गरेर सम्बन्धित परीक्षण केन्द्रसम्म लगिएको थियो । यस कार्यमा दुर्गा पराजुली, रीता पन्त, गीता पन्त, अन्जना नेपाल, शोभा पौडेल, वर्षा केसी र प्रभा श्रेष्ठले अगुवाई गरेका थिए ।”

परीक्षणपछि प्रतिक्रिया दिँदै अष्ट्रेलिया घुम्न आउनुभएका आमाहरुले खुशी व्यक्त गरेका छन् । नेपालमा नियमित स्तन क्यान्सरको परीक्षण सुविधा छैन । यसैकारण रोग लागिसकेपछि मात्रै धेरैले थाहा पाउने गरेका छन् । तर, अष्ट्रेलियामा नियमित रुपमा हरेक वर्ष परीक्षण गर्नुपर्ने प्रावधान छ ।
दिदी बहिनी समाजले सेप्टेम्बर महिनामा स्तन क्यान्सरविरुद्धको सचेतना महिनाको रुपमा मनाउने र हरेक वर्ष यस किसिमको कार्यलाई निरन्तरता दिने जनाएको छ ।







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!