विश्वकप छनोट : अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा


आगामी अक्टोबर १० तारिख क्यानबेरामा हुने विश्वकप छनोट चरणको अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीको नेतृत्व किरण चेम्जोङले गर्नेछन् । उनी गोलकिपर हुन् । यस्तै टिममा उनीसँगै विकेस कुथु, विशाल श्रेष्ठ रहेका छन् । डिफेन्डरतर्फ सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् ।
मिडफिल्डमा सुनील बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द रहेका छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ रहेका छन् । फिफा बरियतामा उच्च स्थानमा रहेको अष्ट्रेलिया एशियन च्याम्पियन भइसकेको टोली हो । नेपालका लागि कठीन मानिएपनि खेलमा राम्रो प्रदर्शन गर्नसक्ने नतिजा आफ्नो पक्षमा ल्याउन सक्नेमा प्रशिक्षक ढुक्क छन् । प्रशिक्षक योहान कालिनले टोलीको घोषणा गरेका हुन् ।







सम्बन्धित समाचारहरू

पन्ध्रौं न्याभ कपको उपाधि हिमालयन क्लबलाई, रोयल राईनोज बन्यो उपविजेता
पहिलो न्याभ एकदिवसीय मल्टिकल्चरल फुटबल प्रतियोगिता शनिबार
न्याभ कप क्रिकेटको फाईनलमा रोयल राईनोज र हिमालय क्लब भिड्दै
आइसीसी विश्वकप लिग दुईमा नेपालको पहिलो जित, अमेरिकालाई ३५ रनले हराए
पन्ध्रौं न्याभ कप क्रिकेट १२ जनवरीदेखि मेलबर्नमा आयोजना हुँदै !
गोर्खा नेप्लीज कप प्रतियोगितामा युनाईटेड फुटबल क्लबको पाचौं पटक उपाधि कब्जा
सन्दिपको मेलबर्न स्टार्स बिगबास लिगको पहिलो स्थानमा, मेलबर्न रेनेगेड्स पराजित
आईतबार मेलबर्नमा क्रिकेट र फुटबल प्रतियोगिताको फाईनल भिडन्त !
error: Content is protected !!