अष्ट्रेलियामा नेपाली नृत्य प्रतियोगिता, युगल र एकलमा भिक्टोरिया, सामूहिकमा ब्रिसबेन विजयी


ब्रिसबेनमा सम्पन्न एक्सपर्ट नेप्लीज डान्स कम्पीटिसनको दुई उपाधि भिक्टोरियाले जितेको छ भने एक उपाधिमा ब्रिसबेनले कब्जा जमाएको छ । भिक्टोरियाबाट एकल नृत्यतर्फ प्रतिस्पर्धामा उत्रिएका सुमन गुरुङले उपाधि जितेका हुन् । यस्तै भिक्टोरियाकै जेनी गुरुङ एकलतर्फ दोश्रो भइन् भने वेष्टर्न अष्ट्रेलियाकी सुनीता लामा तामाङ तेश्रो बन्न सफल भइन् । अष्ट्रेलियाका विभिन्न राज्यसहित न्यूजिल्याण्डबाट समेत प्रतियोगी उक्त अवसरमा आफ्नो सिर्जनासहित उपस्थित भएका थिए । यस्तै युगलतर्फ भिक्टोरियाका वर्षा पुन र सुमन गुरुङले जीत हासिल गरे भने दोश्रोमा क्वीन्सल्याण्डका किरण थापामगर र कामना पौडेल विजयी बने, तेश्रोमा ब्रिसबेनकै प्रकृति पाण्डे र समिक्षा श्रेष्ठले उपाधि जित्न सफल भए ।

Winners and organisers during prize distribution ceremoney – Photo by Mahesh Dahal

सामूहिक नृत्यतर्फ क्वीन्सल्याण्डका अमित काफ्ले, अस्मिता थापा, अमित थापा र रोजिना ठकुरीको समूह पहिलो बन्यो भने दोश्रोमा न्यूसाउथवेल्सको टोली विजयी भयो । न्यूसाउथवेल्सको टोलीमा सिमोन श्रीपाली, सरिना सैंजु, सुकृति आचार्य, रेभिका खरेल सहभागी थिए । यस्तै उदेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन, प्रविशा श्रेष्ठ सम्मिलित भिक्टोरियाको टिम तेश्रो बन्न सफल भयो । प्रतियोगितामा ७० भन्दा बढी प्रतियोगी समावेश थिए । दुई दिनसम्म चलेको नृत्य प्रतियोगिता नेपाली संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो । हरेक दुई वर्षमा प्रतियोगिता हुँदै आएको छ । प्रतियोगिताको आयोजना नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्ड र गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले संयुक्त रुपमा गरेको हो ।







सम्बन्धित समाचारहरू

ओसेनिया क्षेत्रको संयोजक पदमा होम पाण्डे विजयी, उपसंयोजकमा कँडेल !
एनआरएन चुनाव : २३ सय ४० मत खस्यो, मतगणना गर्ने तयारी !
एनआरएनको निर्वाचन, मत बदर नहोस् भनी ध्यान दिनुपर्ने दुई कुरा !
एनआरएनको निर्वाचन स्थगित, भोलि मतदान सुचारु गर्ने निर्वाचन आयोगको स्पष्टीकरण
एनआरएनको नयाँ नेतृत्व चयन गर्न बल्ल मतदान सुरु, आजै परिणाम नआउने निश्चित !
नयाँ नेतृत्वका लागि आज हुँदैछ एनआरएनएको चुनाव, यस्तो छ कार्यतालिका !
राष्ट्रपतिले दिलाईन् अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सपथ
के भनिन् राष्ट्रपतिले एनआरएनको उद्घाटन कार्यक्रममा ?
error: Content is protected !!