विश्वकप छनोट खेल्ने नेपाली ३२ सस्यीय फुटबल टोली सिड्नीमा, नेपाली युवाले गरे स्वागत


विश्वकप फुटबलको लागि छनोट खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली सिड्नी आइपुगेको छ । सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आइपुगेको टोलीलाई अष्ट्रेलियन नेप्लीज फुटबल एशोसिएसन एन्फा र एनआरएन अष्ट्रेलियाका युवाहरुले स्वागत गरे । नेपाली राष्ट्रिय फुटबल टोलीलाई स्वागत गर्न न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अष्ट्रलियाका उपाध्यक्ष देव गुरुंग पनि विमानस्थल पुगेका थिए । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली टोलीका कप्तान किरण चेम्जोंगले विश्वकप खेलिसकेको टोलीसँग खेल्ने अवसर टोलीका लागि उत्साहजनक रहेको बताए । 

एनआरएन अष्ट्रेलियाका युवा संयोजक ईर्साद एहमदले खेलाडीहरुको लागि एक फुटबल एकेडेमीमै बस्ने व्यवस्था गरिएको बताए । एनआरएन युवाहरुको पहलमा आगामी अक्टोबर ६ तारिख गाला डिनरसहित औपचारिक स्वागत र सम्मान गर्ने कार्यक्रम राखिएको छ । उनले भने, “खासमा खेलाडीहरु ८ तारिख आउने, १० तारिख खेल्ने र ११ तारिख फर्किने कार्यक्रम थियो । हामीले यहाँको वातावरणमा घुलमिल हुन सहयोग पुगोस् भनेर पाँच दिन अगावै बोलाएका हौं । एन्फा र हाम्रो पहलमा उनीहरुलाई खेलपूर्वको तयारीका लागि पर्याप्त समय मिल्न सकेको छ । यो खुशीको कुरा हो । हाम्रा खेलाडीहरुले पक्कै पनि राम्रो प्रदर्शन गर्नेछन् ।”

उनले अहिले राखिएको एकेडेमीमा नेपाली खेलाडीहरुलाई जीमसहित सबै व्यवस्था मिलाइएको छ भने अभ्यासका लागि ग्राउन्ड पनि नजिकै छ ।







सम्बन्धित समाचारहरू

ओसेनिया क्षेत्रको संयोजक पदमा होम पाण्डे विजयी, उपसंयोजकमा कँडेल !
एनआरएन चुनाव : २३ सय ४० मत खस्यो, मतगणना गर्ने तयारी !
एनआरएनको निर्वाचन, मत बदर नहोस् भनी ध्यान दिनुपर्ने दुई कुरा !
एनआरएनको निर्वाचन स्थगित, भोलि मतदान सुचारु गर्ने निर्वाचन आयोगको स्पष्टीकरण
एनआरएनको नयाँ नेतृत्व चयन गर्न बल्ल मतदान सुरु, आजै परिणाम नआउने निश्चित !
नयाँ नेतृत्वका लागि आज हुँदैछ एनआरएनएको चुनाव, यस्तो छ कार्यतालिका !
राष्ट्रपतिले दिलाईन् अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सपथ
के भनिन् राष्ट्रपतिले एनआरएनको उद्घाटन कार्यक्रममा ?
error: Content is protected !!