अष्ट्रेलियाको मेलबर्नस्थित लाट्रोव युनिभर्सिटीका विद्यार्थीले यसरी मनाए दशैं


दशैं नेपालमा टिका, जमरा अनि आदर सम्मानको चाड । तर, विदेशमा ? विदेशमा देशलाई सम्झने चाड । आफ्नो संस्कृतिलाई जोगाउने चाड अनि साथीभाई एक हुने पर्व ।
यही भावमा अष्ट्रेलियाको मेलबर्नमा अवस्थित लाट्रोव युनिभर्सिटीमा पढ्ने विद्यार्थीहरुले साथीभाई मिलेर दशैं, तिहार, छठजस्ता नेपाली पर्वको अवसर पारेर साथीभाई जम्मा भई विल्सन्स नेशनल पार्कमा जम्मा भएर मनाए । उनीहरु नेशनल पार्कमा जम्मा मात्र भएनन् हाईकिंगमा समेत रमाए । समुद्रको किनारा, नदीको छेउ सबै ठाउँमा पुगेर उनीहरु साँझ एकअर्काबाट छुट्टिए । देशभन्दा पर यस्तो गर्नका लागि स्वयं विश्वविद्यालयको विद्यार्थी युनियनले साथ दिएको थियो भने ग्रेस ईन्टरनेशनलको पनि सहकार्य थियो ।

सक्रिय छन ला ट्रोवमा नेपाली विद्यार्थी

ला ट्रोव युनिभर्सिटीमा पढ्ने नेपाली विद्यार्थीहरु निकै सक्रिय छन् । यसअघि पनि मल्टिकल्चरल डे मा आयोजना भएको ला ट्रोव गट ट्यालेन्टमा पनि स्वागत गीत नेपाली विद्यार्थीहरुले गाएका थिए । यति मात्र होइन । गत अगष्ट २१ तारिखमा विश्वविद्यालयले सञ्चालन गरेको मल्टिकल्चरल डे मा उनीहरुले नेपाली पोशाकमा सजिएर आफ्नो भेषभूषा मात्र चिनाएनन् त्यहाँ विभिन्न सांगीतिक प्रस्तुतिका साथै नेपालको पर्यटन प्रबद्र्धन गर्ने कार्य समेत गरे ।
यसरी ला ट्रोव विश्वविद्यालयमा सन् २०१३ मा स्थापना गरिएको नेप्लीज स्टुडेन्स एशोसिएसनले आफ्नो सक्रियता बढाइरहेको छ भने नयाँ आगन्तु विद्यार्थीहरुलाई स्वागत र विभिन्न चाडवाडमा सक्रिय सहभागिता जनाइरहेको छ ।







सम्बन्धित समाचारहरू

ओसेनिया क्षेत्रको संयोजक पदमा होम पाण्डे विजयी, उपसंयोजकमा कँडेल !
एनआरएन चुनाव : २३ सय ४० मत खस्यो, मतगणना गर्ने तयारी !
एनआरएनको निर्वाचन, मत बदर नहोस् भनी ध्यान दिनुपर्ने दुई कुरा !
एनआरएनको निर्वाचन स्थगित, भोलि मतदान सुचारु गर्ने निर्वाचन आयोगको स्पष्टीकरण
एनआरएनको नयाँ नेतृत्व चयन गर्न बल्ल मतदान सुरु, आजै परिणाम नआउने निश्चित !
नयाँ नेतृत्वका लागि आज हुँदैछ एनआरएनएको चुनाव, यस्तो छ कार्यतालिका !
राष्ट्रपतिले दिलाईन् अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सपथ
के भनिन् राष्ट्रपतिले एनआरएनको उद्घाटन कार्यक्रममा ?
error: Content is protected !!