इराकमा पछिल्लो हिंसामा मर्नेको संख्या २६ पुग्यो, सरकार विरोधी प्रदर्शन जारी


इराकमा तीन दिन यतादेखि हिंसामा परी मारिने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि जारी रहेको सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा परी १ हजार ५०० व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

इराकको राजधानी शहर बग्दाद र अन्य केही प्रान्तहरुमा जारी यस विरोध प्रदर्शनको क्रममा मारिनेको व्यक्तिहरुको सङ्ख्या २६ पुगेको इराकी स्वतन्त्र मानव अधिकार आयोग (आइएचसिएचआर) का सदस्य बयातीले समाचारदाताहरुलाई बताउनु भएको छ । यस हिसामा परी दुई सुरक्षाबलका सदस्यसहित २६ जना मारिएका हुन । 

यस विरोध प्रदर्शनको क्रममा घाइते भएका १ हजार ५०९ मा ४०१ जना सुरक्षाबलका अधिकारीहरु रहेका जनाइएको छ । घाइते मध्ये कैयौ जना उपचारपछि घर फर्किएका जनाइएको छ ।

केही दिनयता हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा ९कफ्र्यु० आदेश जारी गरिएको थियो ।

इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले स्थानीय समयानुसार बिहीबार बिहान ०५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिनुभएको थियो

तनाब बढ्दै गएका कारण मुलुकको इन्टरनेट सेवा लगभग बन्द रहेको, सरकारी कार्यालय बन्द गरिएका थिए । आधारभूत सेवा, रोजगारीको अवसरमा कमी र भ्रष्टाचारको विरोधमा इराकभरीे मङ्गलबार अपराह्नबाटे विरोध प्रदर्शन शुरु भएको थियो ।

सर्वसाधारणका ती मागहरुको सही र वस्तुपरक रुपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको सरकारको आरोप छ ।

‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ । हामी सबै नागरिकलाई शान्त र संयम रहन आग्रह गर्दछौं, सुरक्षाकर्मीले पनि आफ्नो कर्तव्य निर्वाह सही किसिमबाट गरुन् भन्ने चाहन्छौं,’ प्रदर्शनकारीहरुले बताएका छन् ।

घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका तापनि सयौ जना घाइतेहरु अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास, पानीको फोहोरा र गोली चलानुको लगयात गरेको कारबाहीमा २६ व्यक्तिको मृत्यु भएको शुक्रबार विहान बताइएको छ । प्रदर्शनकारीहरूले सडकमा टायरहरू बाल्नुका साथै र मुख्य चोकका सडकहरू अवरुद्ध गरेका थिए ।







सम्बन्धित समाचारहरू

तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार, आयन व्याट्री निर्माणमा योगदान
पृथ्वीको नजिक आएका छुद्रग्रह पत्ता लगाउन ईन्फ्रारेड टलिस्कोप बनाइँदै
इराकमा पछिल्लो हिंसामा मर्नेको संख्या २६ पुग्यो, सरकार विरोधी प्रदर्शन जारी
गर्भपतन गराउने चिकित्सकले जब २ हजारभन्दा बढी भ्रुण सुरक्षित राखे !
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान
जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ
ग्रीनल्याण्डमाको हिउँस पग्लिदा समुद्रीको सतह बढ्ने खतरा, यस्तो छ मानव जीवनमा असर
हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए
error: Content is protected !!