नेपालका ठूला चाडवाडको पूर्वसन्ध्यामा एनआरएन भिक्टोरियाले गरायो विद्यार्थीको जमघट


देशबाट टाढा अष्ट्रेलियाको मेलबर्नका नेपाली विद्यार्थीहरुको लागि एनआरएन अष्ट्रेलिया भिक्टोरिया राज्य संयोजक परिषद्ले दशैं कार्यक्रम सम्पन्न गरेको छ । परिवारबाट टाढा रहँदाको झल्को मेटाउन र विद्यार्थीहरुका लागि आफुहरु सदैव सहयोग गर्न तत्पर रहेको जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । दशैं, तिहार, छठ, नेपाल सम्वत नयाँ वर्षको अवसरमा गरिएको कार्यक्रममा ब्रिसबेनमा आयोजना गरिएको नृत्य प्रतियोगितामा विजयी विद्यार्थी टोलीको सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल, भिक्टोरिया संयोजक प्रेम कँडेल, न्याभका अध्यष तारा गैरे, पूर्वअध्यक्ष टोनु घोताने, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा. चन्द्रदिपक पोखरेल लगायतले विद्यार्थीलाई एक्ला नसम्झन र कुनैपनि खुशी दुख हरेक अवसरमा समूदायसँग घुलमिल हुन आग्रह गरेका थिए । कार्यक्रममा उपस्थित भएका विद्यार्थीहरुले आफ्नो अनुभव सबै सामू बाँड्दै यस किसिमको कार्यक्रमले चाडवाडमा देशमै भएको जस्तो अनुभव गर्न पाएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजन कँडेल कन्सल्टेन्सीले गरेको थियो । उक्त अवसरमा कँडेल कन्सल्टेन्सीका राज कँडेलले आफ्नो विद्यार्थीकालको अनुभव सुनाएका थिए ।







सम्बन्धित समाचारहरू

ओसेनिया क्षेत्रको संयोजक पदमा होम पाण्डे विजयी, उपसंयोजकमा कँडेल !
एनआरएन चुनाव : २३ सय ४० मत खस्यो, मतगणना गर्ने तयारी !
एनआरएनको निर्वाचन, मत बदर नहोस् भनी ध्यान दिनुपर्ने दुई कुरा !
एनआरएनको निर्वाचन स्थगित, भोलि मतदान सुचारु गर्ने निर्वाचन आयोगको स्पष्टीकरण
एनआरएनको नयाँ नेतृत्व चयन गर्न बल्ल मतदान सुरु, आजै परिणाम नआउने निश्चित !
नयाँ नेतृत्वका लागि आज हुँदैछ एनआरएनएको चुनाव, यस्तो छ कार्यतालिका !
राष्ट्रपतिले दिलाईन् अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सपथ
के भनिन् राष्ट्रपतिले एनआरएनको उद्घाटन कार्यक्रममा ?
error: Content is protected !!