अष्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन किरण चेम्जोग के भन्छन् ?


आगामी १० अक्टोबरमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुने कतार विश्वकप छनोट खेलको लागि सिड्नी पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास प्रारम्भ गरेको छ । सरकारी तालिकाभन्दा एक साता अघि नै सिड्नी आइपुगेको नेपाली टोलीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका क्याप्टेन किरण चेम्जोंगले आफुहरुलाई साथ दिने यहाँका सबै नेपालीप्रति आभारी रहेको बताए । कार्यक्रममा बोल्दै अष्ट्रेलियन नेप्लीज फुटबल एशोसिएसन एन्फाका अध्यक्ष विजेन बटाजु, एनआरएन अष्ट्रेलियाका युथ कोअर्डिनेटर ईर्साद एहमद लगायतले बोलेका थिए । नेपाली टोलीलाई यहाँको वातावरणमा खेल्नका लागि अभ्यास पुगोस भनेर केही अघि नै बोलाएर प्रशिक्षणको अवसर जुटाइएको बताए ।एहमदले यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उक्त पत्रकार सम्मेलनको सञ्चालन अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाका संयोजक हेमन्त काफ्लेले गरेका थिए । 

के भने क्याप्टेन किरण चेम्जोङले ?

“एन्फा अष्ट्रेलिया र एनआरएनलाई म धेरै धन्यवाद दिन चाहन्छु । खेल अगाडि जुन किसिमले यहाँको हावापानी वातवारणमा भिजेर जुन अभ्यास गर्न पाएका छौं यसले हामीलाई निकै खुशी तुल्याएको छ । यो साथ र सहयोग हाम्रो लागि निकै सहयोगात्मक र उत्साही बनाउने खालको छ । हाम्रो आज एउटा ट्रेनिङ सेसन पनि चलिसकेको छ । हामी अष्ट्रेलियाको एकेडेमीमा तालिम गरिरहेका छौं । अष्ट्रेलिया जस्तो स्ट्रङ टिमसँग हामी विश्वकप छनोटका लागि खेल्न पाउनु हामी लक्की हो भन्छौं । अष्ट्रेलियामा भएर पनि नेपाली फुटबलप्रतिको माया, मोह र तपाईंहरुको साथले निकै नै उत्साही बनाएको छ । हामीसँग हामीभन्दा स्ट्रङ टिम भएपनि हामी प्रयास गर्नेछौं । हामीसँग राम्रो टिम छ, कोच छन् । हामी राम्रो फुटबल खेलेर सबै नेपालीको मन जित्ने, फुटबलका फ्यानहरुको मुहारमा खुशी ल्याउन प्रयास गर्नेछौं भन्न चाहन्छु । म अन्त्यमा अष्ट्रेलियन नेप्लीज फुटबल एशोसिएसनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यससँगै हामीलाई सानो सानो कुरामा जुन किसिमको सहयोग गर्ने सबैलाई पूरै टिमको तर्फबाट धन्यवाद दिन चाहन्छु ।”







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!