एनआरएन अष्ट्रेलियाको सराहनीय कार्य, पहिलो त्रैमासिक आर्थिक कारोबार सार्वजनिक !


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आफ्नो पहिलो त्रैमासिक आर्थिक विवरण सार्वजनिक गरेको छ । शुक्रबार साँझ संस्थाका कोषाध्यक्ष अनिल पोखरेलले सार्वजनिक गरेको २० पृष्ठ लामो आर्थिक प्रतिवेदन अष्ट्रेलियाको कर कार्यालयमा समेत दाखिला गरिने भएको छ । संघीय रुपमा अष्ट्रेलियन सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कमिशन (एसिक) मा दर्ता भएपछि हरेक संघ संस्थाले आफ्नो आर्थिक विवरण त्रैमासिक रुपमा अनिवार्य बुझाउनुपर्ने प्रावधान छ । यससँगै यस्तो विवरणलाई सार्वजनिक गर्ने नयाँ कदम कोषाध्यक्ष पोखरेलले चालेका हुन् । उनले चुनावका क्रममा हरेक तीन महिनामा संस्थाको आर्थिक अवस्था पारदर्शी रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।

के छ त प्रतिवेदनमा ?

शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा संस्थाका विभिन्न १६ वटा खातामा ३ लाख ७२ हजार ८ सय ६० डलर रहेको देखाइएको छ । विवरण अनुसार आर्थिक रुपमा भिक्टोरिया सबैभन्दा धनी स्टेट कोअर्डिनेशन काउन्सिल बन्न सफल भएको छ । उसको खातामा २६ हजार ९ सय ८६ डलर छ । सेप्टेम्बर ३० तारिखसम्मको कारोबार समेटिएको प्रतिवेदनमा तास्मानियाको स्टेट कोअर्डिनेशन काउन्सिलसँग थोरै जम्मा १ हजार ५ सय १५ डलर रहेको पाइएको छ । सदस्यताले बुझाएको शुल्कबाट केही प्रतिशत र विभिन्न कार्यक्रम गर्दा भएको बचत तथा चन्दादाताको आर्थिक सहयोगबाट एनआरएन अष्ट्रेलिया चल्ने गरेको छ ।

गैरनाफामूलक एनआरएन अष्ट्रेलियामा गएको तीन महिनामा सबैभन्दा बढी आईसीसी प्रतिनिधिको शुल्कबाट ४९ हजार २ सय ७३ जम्मा भएको देखाइएको छ । यो काठमाडौंमा हुने विश्व सम्मेलनमा बुझाउने रकम हो । तीन महिनाको अवधिमा १ लाख १८ हजार ८ सय २८ डलर संस्थाको खातामा आएको देखाइएको छ भने २ लाख ४२ हजार ६ सय ९० खर्च भएको छ । जसमध्ये सबैभन्दा बढी निर्वाचन र वार्षिक साधारण सभामा १ लाख २८ हजार ७ सय २१ खर्च गरिएको छ । सहभागीहरुबाट प्रवेश शुल्क लिएर आयोजना गरिएको वार्षिक साधारणसभामा एनआरउन अष्ट्रेलियाले २९ हजार ७ सय ८४ घाटा खाएको छ ।

यस्तै एनआरएन अष्ट्रेलियाले चन्दा र सामूदायिक कार्यमा ५१ हजार १ सय १७ डलर खर्च गरेको देखाइएको छ । त्यसको पूर्ण विवरण भने समेटिएको छैन । तीन महिनाको बिचमा अपरेशनमा मात्रै एनआरएन अष्ट्रेलियाले ३६ हजार ३ सय १ डलर खर्च गरेको छ । करिब १२ हजार सदस्य बन्दा प्रतिव्यक्ति २५ डलरका दरले जम्मा भएको सदस्यता शुल्कमध्ये ४९ हजार २ सय ५३ डलर आईसीसीमा पठाइएको छ भने सोसियल वेलफेयर फन्डमा ५७ हजार ९ सय २५ गएको छ । बाँकी सदस्य संख्याका आधारमा राज्य संयोजक परिषद्हरुमा पठाएको देखाइएको छ ।

Read full report here >>NRNA Australia Treasurer Report Quarter 1_FY1920







सम्बन्धित समाचारहरू

नेपाली सेनाले भोलि चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदै
कोरोनाका कारण लाउन्ड्रीमा काम गर्ने सिड्नीका सयजनाभन्दा बढी नेपालीले काम गुमाए !
संविधान संशोधनको विषयमा काँग्रेसले माग्यो छलफलका लागि थप समय
गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली भित्रिए : आधा क्वारेन्टाइनमा, आधा गाउँघरमा
चीनको राष्ट्रिय मिडियाले अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भनेपछि बबाल !
नेपालमा थप ७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६८२,मृत्यु हुनेको संख्या ४ पुग्यो
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भइ अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
error: Content is protected !!