सिड्नीमा नेपाली राष्ट्रिय फुटबल खेलाडीको साथमा मिट एण्ड ग्रिट र सम्मान


अष्ट्रेलिया भ्रमणमा रहेको ३२ सदस्यीय नेपाली राष्ट्रिय फुटबल खेलाडीको सम्मानमा सिड्नीमा मिट एण्ड ग्रिट र सम्मान आयोजना गरिएको छ । अष्ट्रेलियन नेप्लीज फुटबल एशोसिएसन एन्फाको आयोजना र एनआरएन युथको सहकार्यमा भएको कार्यक्रममा अष्ट्रेलियासँग हुन लागेको ऐतिहासिक फुटबल खेलको चर्चा मात्र भएन खुशी साटासाट पनि भयो । अष्ट्रेलियामा रहेको नेपाली समूदाय आफ्नो देशको झण्डा लिएर अष्ट्रेलियाको खेल मैदानमा जान पाउने दिनको प्रतिक्षामा छन् । कार्यक्रममा बोल्दै न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्काले यहाँको सञ्चारमाध्यममा नेपाली फुटबल टोली छाइसकेको बताए । फुटबल प्रेमीबीच नेपाल र अष्ट्रेलियाको खेलको प्रतिक्षा भइरहेको उनले बताए । यस्तै एनआरएनका अध्यक्ष केशव कँडेलले ऐतिहासिक र अविस्मरणीय यो पलमा एनआरएन जोडिन पाउनु खुशीको कुरा भएको बताए । कार्यक्रममा एनआरएन महासचिव डा. ज्ञानेन्द्र रेग्मीले खेलाडीको मुहारमा देशको चित्र देखिने भएकोले अष्ट्रेलियावासी सबै उत्साही बनेको धारणा राखे । अष्ट्रेलियाको राष्ट्रिय टिमसँग खेल्नका लागि खेलको एक दिन अघि मात्र आउन लागेको टोलीलाई एन्फा अष्ट्रेलिया र एनआरएन युवाको संयोजनमा एक साता अघि ल्याएर अभ्यास गराइँदैछ । एन्फा अष्ट्रेलियाका अध्यक्ष विजेन बटाजु र ईर्साद एहमदले खेलाडीलाई सम्मान गर्दै यो गौरवको क्षणमा सबैको साथको अपेक्षा गरिएको बताए । नेपाली फुटबल एन्फाको वरियतामा १ सय ६१ औं स्थानमा छ भने विश्वकप खेलिसकेको र एशियन च्याम्पियन भइसकेको अष्ट्रेलिया ४४ औं बरियतामा छ । यसअघि सिड्नीको खेलपछि अर्को खेल काठमाडौंमा हुनेछ । त्यसका लागि अष्ट्रेलियन राष्ट्रिय फुटबल टोली काठमाडौं जानेछ । नेपालले हारको खाडल कम गर्न प्रयास गरेपनि खेलमा नेपालीको उत्साह देख्दा यस पटक नयाँ ईतिहास रचिनेमा सिड्नीवासी नेपाली उत्साही छन् ।







सम्बन्धित समाचारहरू

विद्यार्थीलाई आँशुमा डुबाउने ‘हुन्डीवाला’सँग पैसा फिर्ता गर्ने लिखित सहमति !
तनहुँका दिपेन्द्र मेलबर्नको फुटस्क्रेमा मृत फेला !
अनुष्का भोटिंग लिष्टको दोश्रो स्थानमा, भोट गर्नुस !
डाक्टरको सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले यसरी ठोक्यो गोली !
जनवरी ७ मा सिड्नीबाट नेपाल पर्यटन वर्ष २०२०अभियानको सुरुवात गरिने
उपनिर्वाचनमा एक भोट पनि नपाउने अचम्मका उम्मेद्वार, आफ्नो भोट कसलाई हाले ?
पर्यटन वर्ष सफल बनाउन ३१ देशका राजदूतलाई मन्त्री योगेश भट्टराईको अनुरोध
सिड्नीमा एक नेपाली विद्यार्थी बेपत्ता, खोजी गर्दै प्रहरी !
error: Content is protected !!