औपचारिक रुपमा मात्र दुई दिन अघि ‘कन्फर्म’ भयो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण


चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपालको राजकीय भ्रमणको तालिका भ्रमण समयको दुई दिन अघि सार्वजनिक गरिएको छ । यसअघि पनि भ्रमणको तयारी भएको तर अनावश्यक रुपमा सार्वजनिक टिकाटिप्पणी भएका कारण स्थगित भएको थियो । सार्वजनिक भएको नयाँ तालिकामा चिनियाँ राष्ट्रपतिले शनिबार १२ अक्टोबर नेपालको भ्रमण गर्नेछन् । एक रात बसेर १३ अक्टोबरमा चीन फर्किने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा सी दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते नेपाल आउन लागेका हुन् । मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नेछिन् ।

त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गर्नेछन्। वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिनेछ । त्यस्तै, सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । 
। २३ व्र्षपछि चिनियाँ राष्ट्रपति नेपाल आउने योसँगै, २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भएका छन् । यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए ।

त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन् । गत २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिएपनि स्थगित भएको थियो । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए ।







सम्बन्धित समाचारहरू

ओसेनिया क्षेत्रको संयोजक पदमा होम पाण्डे विजयी, उपसंयोजकमा कँडेल !
एनआरएन चुनाव : २३ सय ४० मत खस्यो, मतगणना गर्ने तयारी !
एनआरएनको निर्वाचन, मत बदर नहोस् भनी ध्यान दिनुपर्ने दुई कुरा !
एनआरएनको निर्वाचन स्थगित, भोलि मतदान सुचारु गर्ने निर्वाचन आयोगको स्पष्टीकरण
एनआरएनको नयाँ नेतृत्व चयन गर्न बल्ल मतदान सुरु, आजै परिणाम नआउने निश्चित !
नयाँ नेतृत्वका लागि आज हुँदैछ एनआरएनएको चुनाव, यस्तो छ कार्यतालिका !
राष्ट्रपतिले दिलाईन् अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सपथ
के भनिन् राष्ट्रपतिले एनआरएनको उद्घाटन कार्यक्रममा ?
error: Content is protected !!